इटहरी : झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नंम्बरको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने अन्य २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको सो दुर्घटनामा आज विहान मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भैराखेको र मृत्यु कार्की सो बसका सवारीधनी साथै चालक रहेका प्रहरी नायब उपरीक्षक खत्रीले बताए । माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो । बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।