ईटहरी : ईटहरी स्थित ईटहरी चोकमा धरान तर्फ जादै गरेको को १६ प ९७२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक धरान २० बस्ने सलिना राई घाइते भएकी छिन् ।

आइतबार बेलुका करिब ७ बजे  उक्त दुर्घटना भएको हो । अत्याधिक मादक पदार्थ सेवन गरी सवारी चलाएकाले दुर्घटना भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएकोे छ । घाइते राईको  इटहरी स्थित ईटहरी सामुदायिक अस्पतालमा उपचार भईरहेको र स्कुटर ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा  रहेको प्रहरीले जनाएको छ ।