इटहरीः प्रदेस नम्बर १ को मुख्य व्यापारीक शहर इटहरीमा ठुला व्यवसायीक प्रतिष्ठानहरु खुल्ने क्रम बढी रहेको समयमा फोर्स मोटर्सले समेत शाखा संञ्चालनमा ल्याएको छ ।
अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएको फोर्स मोटर्स कम्पनी इंडियाबाट उत्पादित गाडिहरु विक्री गर्ने गरी इटहरीमा सञ्चालनमा ल्याइएको फोर्समोटर्सको शाखाको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकार्कीले उद्घाटन गरेका हुन ।
आयाम इन्टर कन्टिनेन्टल प्रालिले विगत ५ वर्ष देखि नेपालमा फोर्स ब्राण्डका गाडिहरु विक्रीवितरण गर्दै आएको र पछिल्लो समयमा पुर्वी नेपालमा समेत फोर्स कम्पनीका गाडिहरुको माग बढी रहेको समयमा प्रदेश नम्बर १ लाई लक्षित गरी इटहरी शाखा सञ्चालनमा ल्याइएको कम्पनी प्रवन्ध निर्देशक निरन केसीले जानकारी दिए । उनले ३ वर्ष वा ३ लाख किलो मिटरको बारेन्टी रहेको तथा नेपाली बाटो सुहाउँदो रहेको वताए ।
फोर्स मोटर्सले नेपालमा १४ सिटे ट्रयाक्स कु्रजरजिप, कार्गाे किगंपिकप, ट्राभलर बस, मिनी बस तथा एम्बुलेन्स नेपाली बजारमा विक्री हुदैआएको जानकारी दिएको छ । शाखा उद्घाटनको समयमा गाडि खरिद गर्ने ददीराम नेपाललाई कार्यक्रमका प्रमुख अतिथी मन्त्री कार्कीले गाडिको चावी हस्तान्तरण गरेका थिए ।
आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष धु्रबवहादुर थापाको अध्यक्षतामा भएको शाखा उद्घाटन कार्यक्रममा प्रदेस नम्बर १ का प्रदेस सभा सदस्य सर्वध्वज साँवा, आयाम इन्टर कन्टिनेन्टल प्रालिका निर्देशक रामचन्द्र कोइराला लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।