इटहरीः सवारी दुर्घटना न्युनिकरणको लागि प्रदेश १ मा ‘टाईम कार्ड’ लागु गरिएको छ । सडक सुरक्षा अभियान अन्तरगत १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले तराईको सुनसरी, मोरङ र झापा जिल्लाका १३ स्थानमा टाईम कार्ड लागु गरेको हो ।
बुधबार मोरङको गछियाबाट अभियानको प्रदेश प्रहरी प्रमुख डिआईजी ठाकुर प्रसाद ज्ञवालीले उदघाटन गदै अभियान शुरु गरेका थिए । सार्वजनिक सवारी साधनमा लागु हुने गरी शुरु गरिएको अभियानको एक हप्तासम्म कुनै किसिमको कारबाही नहुने र पछि टाईम कार्डको नियम अनुसार कारबाही प्रक्रिया अघि बढाइने १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरिक्षक भिमबहादुर दाहालले जानकारी दिए ।
दाहालका अनुुसार टाईम कार्ड सुरु गर्न चाहिने पास बुुक बुधबार र बिहिबार सम्ममा सम्पुर्ण सवारी साधनहरुलाई वितरण गरि सक्ने योजना रहेको बताए । टाईम कार्ड सुरु गर्दा ओभरटेक नहुने र सवारी दुर्घटना न्यूनिकरण हुने भएकाले यो अभियान लागु गरिएको एसपी दाहालको भनाई छ । उनका अनुसार कति ठाउँमा चेक पोष्ट नबनी सकेको र त्यो पनि केहि समय भित्रमा निर्माण गरिसक्ने दाहालले जानकारी दिए ।
अभियानको उदघाटन गदै डिआईजी ठाकुर प्रसाद ज्ञवालीले टाईम कार्ड अनुसार चालकले सबारी चलाए सबारी दुर्घटना साधा घट्ने बताए । तिब्र गति र चालकको लापरवाही काम गर्न यो अभियान प्रभावकारी हुने बताए ।
के हो टाईम कार्ड ?
तिन जिल्लाका बिभिन्न ट्र«ाफिक चेक पोष्टमा रहेका ट्र«ाफिकले गाडी हिडेको समय पास बुकमा लेखिदिएका हुन्छन् र त्यो पास बुक अर्को ट्र«ाफिक चेक पोष्टमा गएर देखाउनु पर्ने हुन्छ, त्यस चेक पोष्टले पनि समय लेखिदिएको हुन्छ । तोकेको समय भन्दा अगाडी पुगेमा पहिलो पटक पाँच सय र दोस्रो पटक हजार वा एक हजार पाँच सय जरिवाना रहेको छ । तर तोकिएको समय भन्दा ढिलो पुगेमा भने केही पनि कारबाहि नहुने ट्र«ाफिक कार्यलयले जानकारी दिएको छ ।