इटहरीःप्रदेश १ मा चार दशकदेखि पुराना नेपाल प्रहरीका भवनहरु पूनः निर्माण हुन थालेका छन् । १२ बर्षे जनयुद्धका कारण भत्कीएका र मर्मत सम्भार नभएका भवनहरु संघिय सरकार बनेसगै यसको पूनः निर्माणको काम अघि बढाइएको छ ।
२०६२–६३ को जनआन्दोलनपछि शान्ति तथा पूर्ननिर्माण मन्त्रालयले देशभरका प्रहरी भवनहरुको मर्मत सम्भारको लागि पहिलो पटक बजेट प्रहरीलाई उपलब्ध गराएको थियो । त्यस क्रममा भने प्रदेश १ मा सयवटा नयाँ भवन बनेका थिए । तर ४० बर्ष भन्दा बढी भएका पुराना भवनहरु ७२ सालको भुकम्पले पूनः क्षति पु¥याएपछि प्रदेश १ का धेरै प्रहरी भवनहरु भाडामा रहदै आएका थिए । प्रदेश १ मा रहेका प्रहरी भवनहरु प्राय २०३१ र ३३ साल बिचमा निर्माण भएका थिए ।
संघिय सरकार गठन भएसगै पहिलो प्राथमिकतामा प्रहरी कार्यालयको पूनः निर्माण योजना अघि बढाइएपछि अहिले प्रहरी कार्यालयहरु धमाधम आधुनिक भवन रुपान्तरण भइरहेका छन् । आर्थिक बर्ष ७६÷७७ मा प्रदेश १ मा संघिय र केन्द्रिय सरकारको बजेटमा १३ वटा प्रहरीका नयाँ भवन निर्माण भई उदघाटन भइसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुर र तेह्रथुममा प्रहरीको लागि कार्यालय, ब्यारेक र निवास गरि ६ वटा भवन निर्माण भइसकेका छन् । यस्तै खोटाङमा १ इलाका प्रहरी कार्यालय र १ चौकी निर्माण भइसकेका छन् । ओखलढुंगामा १, सोलुखुम्बुमा १, संखुवासभामा २ वटा चौकी र सुनसरीमा १ इलाका प्रहरी कार्यालय निर्माण भएका हुन् । १३ वटा भवन निर्माणको लागि ३१ करोड भन्दा बढी खर्च भएको छ ।
यस्तै संघिय, केन्द्रिय सरकार र राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको सहयोगमा ठेक्का स्विकृत भई भइ हाल ७२ वटा नयाँ भवन निर्माणाधिन अबस्थामा छ । प्रदेश १ सरकारले ६५ वटा, केन्द्रिय सरकारले ५, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण कोषले १ र बिदेशी दातृ निकायबाट १ गरी ७२ वटा नयाँ भवन निर्माणाधिन अबस्थामा छन् । यी भवनहरु ७६÷७७ मै निर्माण भइसक्ने छन् ।
प्रदेशको १४ जिल्ला प्रहरी कार्यालय मध्ये धनकुटा, ओखलढुंगा र उदयपुर बाहेक सबै जिल्लामा जिप्रका स्तरको भवन निर्माण भइसकेका छन् त केहि निर्माणको अन्तिम चरणमा छन् । बाँकी जिल्लामा इलाका, चौकी, ब्यारेक, क्वाटर, नागरिक सहायता कक्ष र महिला प्रहरीका लागि डे«स चेन्जिङ रुम धमाधम निर्माण भइरहेका छन् । यो आर्थिक बर्षमा सबै भन्दा बढी झापा र मोरङ जिल्लाका प्रहरीका लागि नयाँ भवन निर्माण भइरहेका छन् ।
प्रहरीका लागि निर्माण भइरहेका भवनहरु सबै आधुनिक डिजाईनका छन् । फराकिलो हिरासतदेखि खुल्ला मेस, शौचालय र बढी संख्या अटाउने ब्यारेकले गर्दा प्रहरीहरुको लागि पनि सहज बनेको छ । निर्माण भइरहेका नयाँ भवनमा महिला प्रहरीका लागिपनि छुट्टै ब्यारेक तथा ड्रेस चेन्जिङ रुमको समेत सुबिधा हुनेछ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका डिआईजी ठाकुरप्रसाद ज्ञवालीले देश संघियतामा गएपछि प्रहरीको लागि यो ठुलो उपलब्धी भएको बताए । आफ्नै भवन नहँुदा प्रहरीको दैनिक कामहरु प्रभाबित हुने गरेको अबस्थामा नयाँ भवनले प्रहरीको काम गर्ने मनोवल उच्च बनेको उनी बताउँछन् । उनले भने, ‘प्रहरी कर्मचारीहरु एउटै कोठामा दुईवटा शाखा समेत राखेर काम गर्नुपर्ने अबस्था थियो, तर अहिले यो अबस्था हटेको छ ।’
अबको दुई बर्षभित्र प्रदेश १ का सबै प्रहरी प्रहरी कार्यालयहरु नयाँ भवनमा रुपान्तरण हुने ज्ञवालीले बताए । प्रहरीको पहुँच नभएका स्थानमा समेत प्रहरी कार्यालय निर्माण भएपछि शान्ति सुरक्षाको सबालमा पनि सकरात्मक परिणाम आउने उनको तर्क छ । डिआईजी ज्ञवालीका अनुसार अस्थाई रुपमा रहेका प्रहरी चौकीहरु थाई भएसगै नयाँ भवनहरु निर्माणको काम समेत अघि बढाइएको उनले बताए ।

Data Police Vwan  (1)