इटहरीःबलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले प्रहरीसामु आत्मासमर्पण गरेका छन् ।
आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले प्रदेश पोर्टललाइ जानकारी दिएका छन् । उनलाइ करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो ।
इटहरीको एक होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको पीडित महिलाले आरोप लगाएकी छन् । उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।सुनसरी प्रहरीले अनुसन्धान अघि बढाउने बताएको छ ।