बिराटनगर/ सनम शाक्य हत्याकाण्ड र साढे ३३ केजी सुन तस्करीमा दोषी भनिएका निलम्बिति एसएसपी दिवस लोहनीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ।
आज उच्च अदालत विराटनगरको २ नम्बर इजलासका न्यायाधीशद्वय सारङ्गा सुवेदीले र नागेन्द्रलाभ कर्णले जिल्ला अदालत मोरङले जेठ २८ गते दिएको आदेशलाई उल्टयाउँदै साधारण तारेखमा छाड्न आदेश दिएका हुन।
लोहनीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारेखमा छाड्न माग गदै आएका थिए l तत्कालिन अपराध अनुसन्धान महाशाखा काठमाण्डौका प्रमुखको जिम्मेवारीमा पाएका लोहनीले साढे ३३ केजी सुन प्रकरणमा दोषी पाएको थियो l सो प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठित समितले दोषी देखाएको थियो l