विराटनगरः गत माघ २४ गते विराटनगर १२ मा हत्या भएकी दुहवी नगरपालिका ६ की सम्झना खत्री परियारको प्रेमी सुरेन्द्रप्रसाद साहले हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । दुइ सन्तानकी आमा परियारका श्रीमान इलाममा मजदुरी गर्दै आएका छन् । उनि भने साहसँग विगत ३ वर्ष देखि सम्बन्धमा रहेको देखिएको मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।
प्रहरीको अनुसन्धानमा साहले आफुले हत्या गरेको स्वीकारेका छन् । आफुले फोन गर्दा नउठाएको भन्दै भेट्न बोलाएर रिसको झोँकमा बाँसले घाँटिमा हानेर हत्या गरेको बयान दिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार साहले आफुले प्रत्येक दिन वा दुइ दिनमा एक पटक शारिरीक सम्पर्क गर्ने गरेको र हत्या भएको दिन शुक्रवार आफुले कल गर्दा नउठाएपछि भेट्न बोलाएर हत्या गरेका हुन् ।
२५ वर्षिया साह बुढिगंगा गाउँपालिकाको क्वालिटि नुडल्स फाक्ट्रीका कार्यरत छन् । ३२ वर्षिया मृतक परियार पनि सोहि फ्याक्ट्रीमा काम गर्न आउने सिलसिलामा उनिहरुबीच चिनजान भएको र सम्बन्ध बढेको प्रहरीको भनाई छ ।
मृतकका श्रीमान वसन्त परियारले श्रीमती हराएको भन्दै नमुवा प्रहरीमा उजुरी दिएका थिए । मृतकको मोवाइलको कल डिटेल्समार्फत प्रेमि नै दोषि रहेको प्रहरी निस्कर्षमा पुगेको थियो ।