इटहरी: नेपाली काँग्रेसका उप—सभापति एवं संसदीय दलका उप—नेता विजयकुमार गच्छदारलाई सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै नेवि संघ सुनसरीले इटहरीमा राँके जुलुस प्रदर्शन गरेको छ ।
ललिता निवास प्रकरणमा जोड्दै गच्छदारलाई अख्तियारले मुद्दा चलाएपछि रुष्ट बनेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भातृ संगठनले बृहत राँके जुलुस प्रर्दशन गर्दै अख्तियारलाई मुद्दा फिर्ता लिन दबाब दिएको हो ।
नेवि संघ सुनसरीका सभापति मन्दीप भट्टराईको नेतृत्वमा ठुलो संख्यामा नेवि संघका नेता कार्यकर्ताहरुले अख्तियार र सरकार बिरुद्ध नाराबाजी गरेका थिए ।
जुलुस पश्चिम लाईन देखि इटहरी चोक परिक्रमा गरी कोण सभामा परिणत भएको थियो कोण सभालाई सम्बोधन गर्दै पुर्व नेपाल बिद्यार्थी सघंका उपाध्यक्ष बिकास केसीले दुई तिहाइको दम्ब देखाइृ सरकारले नेपाली जनतामा षोषण गरेको आरोप लाए । केसीले अख्तियारले सरकारी जग्गा ब्यक्तिको नाममा नामसारी गर्ने निर्णयको नेतृत्व गर्ने तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गाको स्वामित्व आफ्नो नाममा लिने नेकपा महासचिव विष्णुप्रसाद पौडेललाई जोगाएको उक्त राके जुलुसमा आरोप लाएका छन् । कार्यक्रममा जिल्ला पार्टिका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।




















