धरानः बराक्षेत्र नगरपालिकाको पाँचौं नगरसभामा बलात्कार आरोपी कृष्णदास महाराज भनिने कृष्णबहादुर गिरीले निर्माण गरेको चतराधामस्थित १२८ कोठे तीन तले भवनसहितको क्षेत्रलाई भोगचलन,सुरक्षा र रेखदेखको अधिकार कोसंग निहीत हुने भन्ने प्रश्न उठेको छ ।
नगरसभामा केही वडाअक्षय र नगरसभा सदस्यहरुले बलात्कार आारोपमा उच्च अदालतले थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश सुनाएपछि फरार रहेका कथित सिद्धबाबाका बिषयमा प्रश्न उठाए । प्रश्नको उत्तर दिदै नगर प्रमुख निलम खनालले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा १२८ कोठे भवनमा योगमाया आयुर्वेदिक विश्वविद्यालय संचालन गरिनु पर्ने प्रस्ताव पेश गरेको जानकारी गराए ।
नगरले संघीय भूमिसुधार मन्त्रालयमा त्यस क्षेत्रको भोगचलन र अधिकार नगरलाई दिनुपर्ने आशयसहितको निवेदन दिएको छ । नगरपालिका स्रोतका अनुसार लाई समेत त्यसक्षेत्रलाई नगरको मातहतमा ल्याई आयुर्वेदिक शिक्षालय निर्माण गर्न ध्यानकर्षण गराइएको छ । कृष्णदास गिरी प्रकरणले धार्मिक तीर्थस्थल बराहक्षेत्र र चतराधामको मात्र इज्जत नगएर जनप्रतिनिधिको नाकमा समेत कालो पोतेको नगरसभामा सहभागीहरुले टिप्पणी गरेका थिए ।

maxresdefault (1)


बराहक्षेत्रको आन्तरिक आयमा २७ प्रतिशत वृद्धि
बराहक्षेत्र नगरपालिकाको पाचौं नगरसभाले आर्थिक वर्ष २०७६÷७७ को संशोधित बजेट ३ करोड २५ लाख ५१ हजार ७ सय रुपैयाको पुरक बजेट तथा कार्यक्रम पास गरेको छ । आन्तरिक आयमा २७ दशमलव ३३ प्रतिशतले वृद्धि भए पछि सोही अनुसारको बजेट तथा कार्यक्रम संशोधन गरेको हो ।
आइतबार भएको नगरपालिकाको नगरसभामा नगरपालिकाका मेयर निलम खनालले पेश गरेको बजेट नगरसभाले पास गरेको हो । नगरपालिकाले बजेट संशोधन गर्दै चालु तर्फ ५६ लाख ९८ हजार ७ सय रुपैया र पुँजिगत तर्फ २ करोड ६८ लाख ५३ हजार रुपैया खर्च थप संशोधन गरेको छ । नगरपालिकाको अनुमानित आन्तरिक आय तर्फ ११ करोड ९० लाख ८२ हजार ४ सय रुपैया रहेको छ भने पौष मसान्त सम्ममा १५ करोड १६ लाख ३४ हजार १ सय रुपैया रहेको छ । नगरपालिकाले आन्तरिक आय तर्फ ३ करोड २५ लाख ५१ हजार रुपैया वृद्धि भएको जनाएको छ ।
नगरपालिकाले बजेट तथा कार्यक्रम संशोधन गर्दै हेलिप्याड निर्माण, नगर यातायात गुरु योजना, लगायत विभिन्न भौतिक संरचना निर्माणमा १ करोड ६६ लाख ५३ हजार रुपैया विनियोजन गरेको छ । त्यसै गरि बराहक्षेत्र नगर अस्पताल उपकरण खदिर, प्राथमिक स्वास्थ्य केन्द्र चतरा उपकरण खरिद लगायत अन्य विकाशे योजनाहरुमा ४० करोड रुपैयाको योजना ल्याएको छ । यता कार्यालय संचालनका लागि आवश्यक सामग्री खरिदमा १ करोड २ लाख रुपैया विनियोजन गरेको जनाएको छ । यता कर्मचारीहरुको सुविधा लगायत अन्य सेवाका लागि ५६ लाख ९८ हजार ७ सय रुपैया नगरसभाले पास गरेको छ । नगरपालिकाले संशोधन गरेको योजना तथा कार्यक्रमहरुका लागि प्रदेश तथा संघीय सरकार समक्ष बजेटका लागि अनुरोध गर्ने जनाएको छ । भैपरि आउने शिर्षकमा २५ लाख ५४ हजार ७ सय रुपैया विनियोजन गरेको छ भने स्वास्थ्य चौकी तथा केन्द्रमा कार्यरत कर्मचारीहरुको तलब भत्ताका लागि संघीय सरकारको बजेट सहित १४ लाख ३० हजार रुपैया सेवा परामर्शबाट भुक्तानी गर्ने भएको छ ।
बराहक्षेत्र नगरापलिकामा संचालन भएका सहकारी संस्थाको नविकरण शुल्कमा कारोबारको आधारमा श्रेणीमा वर्गिकरण गरी ९ हजार, ८ हजार, ६ हजार ४ हजार र २ हजार कायम गरेको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्न सबैलाई रचानात्मक सहयोगका लागि पनि मेयर खनालले आग्रह गरेका छन् ।
Bba  (1)