धरानःधरान १४ स्थित पंचायत दन्तकाली मा.बि.को ६२ औ बार्षिकोत्सबको अवसरमा उत्कृष्ठ विद्यार्थी सहित शिक्षक तथा पुर्व विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरिएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सन्तोष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न १३ जना दाताहरुका नाममा स्थापित छात्रवृति १ सय बढी बिद्यार्थीहरुलाई प्रदान गरिएको थियो । अतिरिक्त क्रियाकलाप अन्तर्गत गत पुषमा संचालित खेलकुद सप्ताहमा बिजेता ६५ जना बिद्यार्थी र गत सालको बार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने ३५ जना बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा छात्रवृत्ति स्थापना गर्ने १३ जना संस्थापक र ११ जना पुर्ब शिक्षकहरुलाई सम्मान गरिएको थियो । त्यस्तै बिद्यालयमा कार्यरत शिक्षकद्वय सीतादेवी दाहाल र श्रीप्रसाद कोइरालालाई बर्ष शिक्षक २०७५ ले नगद सहित सम्मान गरिएको छ । विद्यालयलाई बिशेष सहयोग पु¥याए बापत पुर्ब बिद्यार्थी एबम समाजसेवी रबि खनाललाई समेत सम्मान गरिएको छ ।
सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका युवा तथा खेलकुद महाशाखा प्रमुख रत्न बहादुर कटवाल, बिशेष अतिथि वडा नम्बर १४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले दोसल्ला र सम्मान पत्रले सम्मान गरे । प्रमुख अतिथि कटवालले दन्तकाली मा.बि. सुनसरीकै सबैभन्दा बढी सिकाई उपलब्धि हासिल गर्ने धरानकै उत्कृष्ट बिद्यालय मध्येमा पर्ने बताए ।
प्रधानाध्यापक कोइरालाले विद्यालयको इतिहास र बर्तमान गतिविधिको बारेमा जानकारी गराए । वडा नम्बर १४ का वडा अध्यक्ष भट्टराईले सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर छैन भन्नेहरुका लागि दन्तकाली माबि उदाहरणीय भएको बताए । कार्यक्रममा पब्लिक हाई स्कुलका प्रधानाध्यापक इन्द्र मोहन झा, धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे, सामाजसेवी सरला कायस्थ, जग्गादाता हरि प्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक बालकृष्ण चौलागाईले गरेका थिए ।