इटहरी: सुनसरीको इटहरीमा घरको रेलिङबाट खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

इटहरीको चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको साथीहरु सँग खेल्ने क्रममा रेलिङबाट खसेर मृत्यु भएको हो ।

साथीहरु सँग खेल्ने क्रममा रेलिङबाट लडेर उक्त दुर्घटना भएको हो । घरको रेलिङबाट लडेर घाइते भएकी उनको आईसियुमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।