तेह्रथुमः तेह्रथुम जिल्लाकै पहिलो साना जलविद्युत आयोजना आजबाट सुरु भएको छ । मेन्छायेम गाँउपालीका– ६ को खोलाखेतमा तेह्रथुम पावर कम्पनीले निर्माण सम्पन्न गरेको साढे सात मेगावाटको माथिल्लो खोरूड्गा खोला साना जलविधुत आजबाट सञ्चालनमा आएको छ ।

सञ्चालनबाट उत्पादित बिजुली जिरिखिम्तीमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन हुँदै राष्ट्रिय प्रशाारणमा जोडिएको कम्पनीका सञ्चालक लक्ष्मण तिवारीले बताए ।

 कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग २०७३ साल कार्त्तिकमा विद्युत् खरिद सम्झौता गरेको थियो । २०७४ माघ १६ बाट सुरु भएको जलविद्युत निर्माणसँगै आजबाट उत्पादन सुरु भएको छ ।

१ अर्ब ३७ करोडको लगानीको परियोजनामा २४५ जना शेयरधनीहरू छन् । परियोजनाले वार्षिक २५ करोडको आम्दानी गर्नेछ । साढे सात मेगावाट जलविद्युत उत्पादनसँगै तेह्रथुम जलविद्युतमा आत्मनिर्भर हुँदै विद्युत् निर्यात गर्ने ऐतिहासिक अवस्थामा आएको सञ्चालक तिवारीले बताए । 

मेन्छायेम गाँउपालीका युवा खोला र खोरुङा खोलाको पानीबाट उत्पादन गरिएको परियोजनाको विद्युतगृहम गाँउपालीकाको वडा नम्बर ६ मा रहेको खोलाखेतमा छ । खोरुङा खोला र युवा खोलाको इन्टेक भने क्रमशः वडा नम्बर ४ र ५ मा रहेका छन् ।

pradeshportal.com terhathum power company menchchyayem hydroelectric power khorungkhola