भोजपुर नगरपालिका प्रमुख सहित जम्बो टोली सुटुक्क भ्रमणमा : सेवाग्राही मारमा

  • फाल्गुन २, २०७६
  • ४२९ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

भोजपुर: भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको काम नै ठप्प पारेर साताव्यापी भ्रमण हिँडे पछि सेवा प्रवाहमा समस्या भएको छ ।
नगर प्रमुख कैलास कुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशाकिय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्र कुमार श्रेष्ठ, चार जना वडाध्यक्ष, प्रविधि, कम्प्यूटर अप्रेटर गरि १७ जनाको टोली भ्रमण हिडेँपछि दैनिक कामकाजमा समस्या भएको हो । गत आइतबारबाट भ्रमणमा गएको भएपनि कहिले फर्कने भन्ने थाहा नभएको कार्यालयका कर्मचारीले बताएका छन् ।कार्यालयमा सेवा लिनको लागि आएका आङपासाङ शेर्पाले भने, ‘जनप्रतिनिधि तथा कर्मचारी काम नै ठप्प पारेर जानु भनेको यो चरम लापरबाही हो, भ्रमणमा गएको विषयमा अन्य कर्मचारी समेत थाहा छैन, यस्तो गैर जिम्मेवारी पनि हुन्छ ।’

bhojpur 5

‘‘ मेयर, उपमेयर, प्रमुख प्रशाकिय अधिकृत, लेखा अधिकृत ४ चार जना वडाध्यक्ष प्राविधिक लगाएत १७ जना भ्रमण छन् तर भ्रमणको विषयमा कार्यापालिममा वैठकबाट निर्णय भएको मलाई जानकारी छैन ।’

कार्यालयका अधिकांश शाखाहरुको कर्मचारी विहिन रहेका छन् । कार्यालयमा सम्झौताको काम भईरहेको भए पनि आर्थिक कारोवार भने ठप्प रहेको छ । मौखिक रुपमा कार्यालयको निमित्त प्रशासकिय अधिकृतको रुपमा इन्जिनियर अरुण हमाललाई अनुमति दिएको भएपनि लिखित रुपमा जिम्मेवारी दिएको छैन् । जसका कारण आर्थिक कारोवार लगाएतका काम ठप्पछ ।इन्जिनियर अरुण हमालले भने, ‘मलाई काम गर्दै गर्नु भनेर मौखिक रुपमा भनेकोले काम गरिरहेको छु, तर लिखित रुपमा प्रमुख प्रशासकिय अधिकृत सरले जानकारी दिएको छैन ।

bhojpur 4

नगर प्रमुख, प्रशाकिय अधिकृत तथा अन्य जिम्मेवार कर्मचारी बाहिर गएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीहरुले बताएका छन् । साथै उनिले कति दिने भ्रमण हो भन्ने समेत थाहा नभएको बताए ।नाम नवताउने शर्तमा एक कर्मचारीले भने ‘ कतिदिने भ्रमण हो त्यो थाहा छैन, भ्रमणमा रहेको विषयमा मलाई पनि सामाजिक सञ्जालबाट मात्र थाहा भएको हो, अरु कुरा मलाई केहि थाहा छैन ।’

नाम उल्लेख नगर्ने शर्तमा एक वडाध्यक्षले भने, नगर कार्यपालिकाको वैठकमा भ्रमण विषयमा कुनै पनि निर्णय नभएकोले आफूलाई कुनै पनि जानकारी नभएको बताए ।

वडाध्यक्षले भने ‘‘ मेयर, उपमेयर, प्रमुख प्रशाकिय अधिकृत, लेखा अधिकृत ४ चार जना वडाध्यक्ष प्राविधिक लगाएत १७ जना भ्रमण छन् तर भ्रमणको विषयमा कार्यापालिममा वैठकबाट निर्णय भएको मलाई जानकारी छैन, कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या त धेरै नै छ ।

bhojpur 2

प्रतिक्रिया दिनुहोस

पुरस्कार पाएको रकम म ...

इटहरी: मदन भण्डारी स्पोट्स एकाडेमी सुनसरी द्धारा आफुँले भलिबल खेल जितेको रकम मृगौला पिडित एक बालिकाल ...

बिशिष्ठ योगदान गर्ने ...

इटहरीः होटल व्यवसायी संघ इटहरीले आफ्नो संघलाई अहोरात्र खटेर मजबुद बनाउन योगदान पुर्याउने ५ जना होटल ...

नेपाली युवाहरुको व् ...

इटहरीः झापामा डेढ अर्ब लगानीमा निर्माण भएको प्रदेश नम्बर १ कोे पहिलो पाँचतारे होटल मेची क्राउन आउदो ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved