सुन्दरहरैंचा: पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित सलकपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको भने अन्य दुई जना गम्भिर घाईते भएका छन् ।

को ३७ प १७ नम्बरको मोटरसाइकल र को ३४ प ६६०२ नम्बरको मोटरसससाइल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ सुन्दरहरैंचा नगरपालिका वडा नं.१२ का २५ वर्षीय अर्पण गुरागाई र ससुन्दरहरैंचा नगरपालिका वडा नं. ८ का २७ वर्षीय बिशाल खत्रीको घटना स्थलमै मृत्यु भएको छ । सोही दुर्घटनामा परि मोटरसाइकलमा सवार संङ्खुवासभा चैनपुरका २० वर्षीय लक्ष्मण खत्री र सुन्दर हरैचा–८ का २१ वर्षीय प्रवीण थापा गम्भीर घाइते भएको बताइएको छ । उनीहरुको बिराट नर्सिङहोम बिराटनगरमा उपचार भईरहेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी इटहरीले जानकारी दिएको छ ।

तस्बिर शिव भट्टराई भोजपुरेको फेसबुक वालबाट