धरानः माघ २९ बाट धरानमा सुरु भएको पुष्प प्रर्दशनी मेलामा पुष्प व्यापार पहिलो दिन भन्दा दोस्रो र तेस्रो दिन उत्साजनक भएको व्यवसायीहरुले वताएका छन् । पुष्पका विभिन्न प्रजातीहरु मध्ये एन्जिलियाको व्यापार वढि भएको छ ।
चौथो व्यापार मेलामा ५ सय भन्दा बढी प्रजातीका पुष्प तथा विरुवाहरु प्रर्दशनीमा राखिएको छ । प्रर्दशनीको पहिलो दिन औषत ५ हजारदेखी ३० हजारसम्म व्यापार भएकोमा दोस्रो तेस्रो दिन १० हजारदेखी माथी ४० हजार सम्म व्यापार भएको फ्लोरी कल्चर एसोसिएसन नेपालका जिल्ला सचिव राजेस राईले जानकारी दिइएका छन । तेस्रो दिन अझ बढेर जाने अपेक्षा राखिएको मेला संयोजक कल्पना लिम्बूले वताएकी छन ।
मेलाको पहिलो दिनमा साढे सात लाखको व्यापार भएकोमा दोस्रो दिन दश लाखको भएको र फागुन २ गते प्रणय दिवस भएकाले बढेर १३ लाख सम्म पुगेको े आयोजकले जानकारी दिइएको छ । एन्जिलिया फुलको व्यापार भएको धेरै जसो नर्सरीका संचालक वताएका छन । यती मात्र नभएर बहुवर्षे फुल भएर पनि बढि माग भएको वताएका छन ।
प्रर्दशनीमा नेपालका प्राय ठाउँमा पाइने फुलको प्रजाती प्रदेश नं. १ का साथै इन्डियाको सिकिम दार्जिलिङको लगायतको ठाउँका पनि व्ययसायी प्रर्दशनीमा सहभागी भएका छन । प्रर्दशनी फागुन ४ गतेसम्म संचालन हुनेछ । क्यानन अफ्रिकन भाइलोट धरान, वि पि एग्रो नर्सरी भापा , हाम्रो गार्डेन सेन्टर बरहाक्षेत्र लगायत धरेै जसो नर्सरीका संचालकले वताएका छन । पुष्प व्यापारको बढ्दो व्यापारले व्यवसायीहरु उत्साहित भएका छन । आज प्रणय दिवसमा धेरै ठाउँमा फुलको व्यापारहरु राखिएको । कलेज स्कुलको गेट समेत पुल उपलब्ध रहेको थियो । मेला भोलिसम्म लाग्ने छ । भोलि व्यापार बढ्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
20200214_171700 20200214_171657 - Copy 20200212_132239