तीर्थयात्राका लागि भारत गएका इटहरीका १० जनाको सवारी दुर्घटनामा मृत्यु

  • फाल्गुन ९, २०७६
  • १०८२३ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः तीर्थयात्राका लागि भारत गएका इटहरीका १० जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ । बुधबार राती भारतको तमिलनाडुको सालेम भन्ने ठाँउमा नेपाली तीर्थयात्रु बोकेको बसलाई विपरित दिशााबाट आएको बसले ठक्कर दिदा इटहरीका १० जनाको ज्यान गएको हो । इटहरीबाटै तीर्थयात्री बोकेर गएको को १ ख ५३३४ नम्बरको नेपाली तीर्थयात्रीको बसलाई बुधबार राती अर्को बसको ठक्कर दिएको थियो । मध्यरातमा नेपाली तीर्थयात्री बोकेको बसले यु टर्न लिन खोज्दा विपरित दिशाबाट आएको बसले ठक्कर दिएको थियो ।दुर्घटनामा मृत्यु हुनेमा वीरबहादुर राई, गोपाल तामाङ, फूलसरी चौधरी, बुधनी चौधरी, विष्णु दाहाल, टीकाराम चौधरी, रशिलाल चौधरी र उनकी श्रीमती छन् ।घाइते भएका २१ जनाको तमिलनाडुमै उपचार भइरहेको छ । दुर्घटनामा इटहरी वडा नम्बर १०, ११ र १२ वडाका १० जनाको ज्यान गएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले समाजिक संजालमा पोष्ट गरि पुष्टि गरेकी छन् । त्यसैगरि वडा नम्बर १० का वडा अध्यक्ष प्रकाश चौधरीले पनि फेसबुक मार्फत आफ्ना वडाका सबैभन्दा बढी ज्यान गुमाउनेमा परेको बताएका छन् । उनले ज्यान गुमाउनेहरुको शब ल्याउने प्रकृया अगाडी बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस

तरुण सभापति सिजनको प ...

इटहरीः बेलायतका रहेका तरुण दल सुनसरीका सभापति सिजन गुरुङको पहलमा त्यहाँ रहेका नेपालीहरुबाट संकलित रा ...

लकडाउनले विचल्लीमा प ...

काँकरभिट्टाः  लकडाउनका कारण विचल्लीमा परेका यात्रुहरुलाई होटल व्यवसायी संघ मेचीनगरले भोली( सुक् ...

कोरोना भाइरस, कोशीन ...

इटहरीः कोरोना भाइरस( कोभिड १९ ) को संक्रमणले विश्व नै आक्रान्त बनेको छ । यो भाइरसको संक्रमणबाट नेपाल ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved