इटहरीः इटहरी १० मा रहेको तल्लो डमरटक्का शनिवार सुनसान थियो । सधैँ गुल्जार हुने डुमरटोका  शनिवार दिउँसो भन्ने सुनसान थियो । गाउँका सात सदस्य दक्षिण भारतीय राज्य तमिलनाडुमा दुर्घटनामा परेर मृत्यु भएपछि गाउँमा शोक छाएको छ ।

टिकाराम चौधरी ,रसिलाल चौधरी ,फुलमति चौधरी ,बोधनि चौधरी ,गोपाल तामाङ ,वीरबहादुर राई र पवनलाल चौधरी गुमाएको डुमरटोकामा गाँउनै शोकमा रहेको छ । 

pradeshportal.com damartakka sunsari

गत बुधवार राती ३४ तीर्थयात्री बोकेको को १ ख ५३३४ नम्बरको मिनिबसलाई सलेम बंगलरु राजमार्गमा अर्को बसले ठक्कर दिँदा मृत्यु हुने १० नेपालीमा ७ जना यही गाउँका छन् । गाउँका पाका गाँउलेहरुको मृत्युले गाँउनै शोकमा भएको वडा १० का अध्यक्ष प्रकाश चौधरीले बताए ।

चौधरीका अनुसार माघ २३ गते एक महिना चारघाम यात्रामा निस्केका डुमरटोकाका ७ जनाको मृत्युले गाँउलाइ अत्यन्तै दुःख भएको चौधरीले बताए ।

माथिल्लो डुमरटोकाका मृतक गोपाल तामाङकी श्रीमती राजकुमारी तामाङले कसरी लास ल्याउने भन्नेमा थप तनाव भएको दुःखेसो गरिन । जेठा छोरा खगेन्द्र शुक्रवारै भारततर्फ लागेपनि कसरी ल्याउने भन्नेमा अन्यौल भएको तामाङले बताइन ।

यता, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले आजै बिहान मृतक परिवारलाई भेटेर सकेको सहयोग गर्ने बताएकी थिइन ।