इटहरीः वैदेशिक रोजगारका लागि विदेश पठाउने भन्दै विभिन्न व्यक्तिहरुलाई एजेन्टको नाममा ठगि गर्दे हिड्ने एक जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । ठगिएका व्यक्तिहरुको उजुरीका आधारमा इटहरी प्रहरीले इटहरी ५ निवासी लोकेन्द्र कार्कीलाई पक्राउ गरेको हो । उनले आफ्नो विभिन्न म्यानपावर कम्पनीहरुसंग राम्रो सम्बन्ध रहेको र छिट्टै भिसा लगाईदिने भन्दै ठगि गर्दै आएका थिए । उनले इटहरी ५ गणतन्त्रटोलमा रहेको आफ्नो घरमा लगि मेरो घर यहि हो, डराउनु पर्दैन कागज गर्नु पर्दै म मेरो डायरीमा टिपोट गरि राख्छु भन्दै युवाहरुबाट विदेश पठाउने बहनामा मोटो रकम असुल्दै आएका थिए । उनले त्यसरी वेरोजगार युवाहरुबाट २० लाखबढी रकम ठगि गरेको इटहरी प्रहरीले जनाएको छ । 

कार्कीले बिभिन्न मानिसहरुलाई जग्गा पास गरी दिन्छु भनि बैना बापतको रकम लिई समयमा जग्गा पास नगरी झुक्काई आलटाल गर्ने, बैक खातामा रकम नभएको अर्काको नामको बिभिन्न बैक तथा बित्तीय संस्थाहरुको चेकहरु आफ्नो साथमा राखि आफ्नै चेक हो भनि चेकमा रकम उल्लेख गरी चेक काटि आफैले सहि गरी दिने गरेको पाईएको प्रहरीले जनाएको छ । प्रहरीले उनिबाट ठगिने अन्य पिडितहरु भए इलाका प्रहरी कार्यालय इटहरीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठका अनुसार कार्कीलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि आवश्यक अनुुसन्धान अगाडी बढाइएको छ ।