नेपाल अल्ट्राटेक सिमेन्ट प्रालि पुर्वी नेपालमा स्थापित सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । यस उद्योगले उत्पादन गर्ने बन्धन सिमेन्ट निकै लोकप्रिय हुँदै गएको छ । साना घरदेखि अरुण तेस्रो परियोजनासम्म बन्धन सिमेन्ट प्रयोग भइरहेको छ । गुणस्तरीयतामा सम्झौता नगर्ने उत्पादक कम्पनिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय परियोजनामा समेत बन्धन सिमेन्टको प्रयोग भएको सम्बन्धित कम्पनिले जनाएको छ । यसै अवसरमा कम्पनिका अध्यक्ष मनिषकुमार मारुसँग बन्धन सिमेन्टको विषयमा गरेको कुराकानीको सार संक्षेप ः

सिमेन्ट उद्योग नै किन रोज्नुभयो ? यहाँको अनुभव र विज्ञता कहिले देखिको हो ?

धेरै पुरानो छैन । यो इन्डष्ट्रिसँग नजिक भएपछि मात्र हो मेरो विज्ञता । पहिला हार्डवेयरको व्यापार गर्थेँ । त्यसैबाट उद्योग खोल्ने प्रेरणा र आइडिया प्राप्त भयो । सिमेन्ट उद्योगमा गुणस्तरीयता र आपुर्तीको सही व्यवस्थापनको अभाव पाएँ । अत्याधुनिक टेक्नोलोजीको प्रयोग गरेर आफूले त्यसमा अलि राम्रो गर्न सक्छु भन्ने लाग्यो । त्यसैले उद्योग स्थापना गर्यौं ।

तपाईले सिमेन्ट उद्योग खोल्दै गर्दा पूर्वी नेपालमा पनि धेरै सिमेन्ट उद्योग थिए । त्यो अवस्थामा आफूले स्पेस बनाउन सक्छु भन्ने लागेको थियो ?

त्यतीखेर पनि सिमेन्ट उद्योगहरु त थिए, तर हाम्रो रेन्जको उद्योग पूर्वी नेपालमा थिएनन । त्यसैले स्तरीय उत्पादन र भरपर्दो सेवा दिउँ भनेर हामीले बृहत आकारमा सुरु गरेका हौं । हामी यो एरियाको सबभन्दा ठूलो सिमेन्ट उद्योगको रुपमा छौं । र आफ्नो आकार पनि बढाउँदै लगेका छौं ।

सबैभन्दा ठुलो उद्योग बनाउँछु नै भनेर सुरु गर्नु भएको होकी झुक्केर बनेको हो ?

झुक्केर त बनेको हैन, बिना प्लानिङको त कुनै पनि इन्डस्ट्रि चल्दैन । हामीले प्लान गरेरै खोलेको हो र योजनाअनुसार नै चलिरहेको छ । हामीले सोचेजस्तै त भइरहेको छैन, तर करिब करिब हामी योजनाको नजिक छौं । निकट भविष्यमा हामि एक कम्बर प्रदेशमा एक नम्बर स्थान हासिल गर्ने छौँ ।

सिमेन्टको बजार समग्रमा कस्तो रहेछ पुर्वी नेपालमा ?

कुनैपनि प्रोडक्टको बजार त्यो प्रोडक्ट खपत हुने प्रोजेक्टहरुले निर्धारण गर्छन । नेपालमा नयाँ र ठूला प्रोजेक्टहरु आउँदैछन । प्रोजेक्टको हिसाबले अहिले ठिकै छ । इनिसियल फेजमा अलिक कमजोर थियो । अब सरकारको फण्ड पनि बढेकोले ग्रोथ पक्कै आउँछ भन्ने विश्वासमा छौं ।

सिमेन्ट उद्योगलाई के ले समस्यामा पारिरहेको छ अहिले ?

मार्केटमा मेन त सरकारको लगानी नै हो । पुर्वाधारमा सरकारको खर्च हुन नसक्दा पैसाको परिचालन हुन सकेकोछैन । जग्गाको कित्ताकाट रोकिएकाले नया घरहरु निर्माण भएका छैनन् । यसले व्यवशायीलाई एक किसिमले निराश बनाएको छ । सिमेन्टमा मात्रै नभएर निर्माणसँग सम्बन्धित अन्य क्षेत्रमा पनि यस्तै समस्या छ ।

तर पनि पुर्वमा भइरहेका निर्माणका कामहरुमा बन्धन सिमेन्टले प्राथमिकता पाएको छ । हाम्रो सिमेन्टको स्तरीयता राम्रो भएको प्रतिक्रिया आएको छ । यसले हामीलाई उत्साहित पनि बनाएको छ । वास्तवमा हाम्रो यो उद्योग यसै ठाउँमा सञ्चालित भएकोले यहीँकै श्रमशक्तिले बढी रोजगारी पाउने हुन । यहीँकै स्रोत साधन र व्यापार चलायमान हुने हो । त्यसैले पब्लिकले पनि पुर्ण सहयोग र माया दिनुपर्छ र दिरहनु भएको छ ।

यस्तो के विशेषता छ, जसले गर्दा ग्राहकले बन्धन सिमेन्ट नै खोजिरहेका छन् ?

विशेषतः यहाँ जर्मन टेक्नोलोजिको मेसिन छ । हामीले सिमेन्ट अन्तर्राष्ट्रिय स्तरकै उत्पादन गर्ने सोँचअनुसार नै अहिलेसम्म क्वालिटी मेन्टेन गरीरहेका छौं । हामी गुणस्तरमा कम्प्रमाइज नै गर्दैनौ । गुणस्तरीय भएकोले पब्लिकले रोजीरोजी यो सिमेन्ट छानिरहेका छन् ।

यो सिमेन्ट उद्योग सञ्चालन गर्दै गर्दा सरकारका विभिन्न पोलिसिहरुले यहाँहरुलाई कस्तो असर गरिरहेको छ ?

वास्तवमा अहिले नेपालमा नयाँ नीतिहरु बन्ने क्रम तीव्र छ । पोलिसिमा एकरुपता छँदै छैन । यो वर्ष पोलिसि मेकिङ इयर भनिएकोले पनि हुन सक्छ, नीतिहरु बनीरहेका छन् । यसले समग्र क्षेत्रलाई प्रभावित पारिरहेको छ । त्यसले असर पक्कै नै पारेको छ ।

बन्धन सिमेन्टपछि अरु कुनै रिलेटेड उद्योग सुरु गर्ने योजना छ की छैन ?

अहिले नै त छैन । अहिले बन्धन सिमेन्टलाई नै स्थापित गर्ने योजनामा छौं । हामीले सिमेन्टको उत्पादन गरेको पनि धेरै भएको छैन । त्यसैले पहिला यसैलाई राम्रो बनाउँ, त्यसपछि प्लान गरौँला भन्ने सोचाईमा छौं ।

अब बन्धन सिमेन्टले पिपिसि ल्याउने तयारीमा छ, के छ विशेषता ?

पिपिसि सिमेन्ट डेढ महिनामा हामी मार्केटमा उपलब्ध गराउछौं । यो सिमेन्ट पनि उच्च स्तरीय प्रविधि प्रयोग गरेर तयार हुनेछ । मजबुत पकड भएको, ब्लेन्डीङ र ब्लेन्ज अरुभन्दा राम्रो भएकोले यो सिमेन्टले पनि अरुको मन जित्न सफल हुने विश्वास छ ।

व्यवशायले सामाजिक दायित्व पनि निर्वाह गर्नुपर्ने हुन्छ । तपाईको व्यवशायले समाजको लागि के गरिरहेको छ ?

सामाजिक दायित्वप्रति हामी पनि सचेत छौं । पहिलो त रोजगारी वृद्धि, वातावरण प्रदूषण नियन्त्रणतर्फ हामीले प्रयास गरिरहेका छौं । त्यसैले स्थानियहरुलाइ रोजगार दिने कुरामा प्राथमिकत्ता दिएका छौँ । यस्तै विभिन्न सामाजिक कार्यक्रमहरुमा हाम्रो सहयोग र सहभागिता रहने गरेको छ । विभिन्न कार्यक्रममा मुख्य प्रयोजक र अन्य प्रयोजकको रुपमा कार्यक्रमअनुसार सहभागीता जनाइरहेका छौँ ।