इटहरी: प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई पति कायम गरिपाउँ भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा परेपछि राईले सार्वजनिक समारोहबाटै स्पष्टिकरण दिएका छन् ।
प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई शनिवार इटहरीमा सम्बोधन गर्दै राईले आफूमाथि एउटा गिरोह नै लागेर ठूलो षड्यन्त्र गरिरहेको बताएका हुन् ।
तत्कालीन एमाले पार्टीमा आवद्ध रहेर काम गरेकी भनिएकीदोलाखा जिल्ला घर भएकी बालिका खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौनजन्य हिंसा गरेको लगायत आरोप लगाउँदै पति नाता कायम गरी अंशबण्डा हुनुपर्ने माग गरेकी थिइन्, यहि बिषयलाई लिएर मुख्यमन्त्री राईले समहिलाले आफूंमाथि लगाएको आरोपको सम्पुर्ण वास्तविकता बताएका हुन् । मुख्यमन्त्री राईको भनाई जस्ताको त्यस्तै ः
यो फोरमा मैले केही बोलिन भने म अन्यायमा पर्ने महसुस गरेको छुँ । मैले बोल्ने बेला बल्ल आयो । म विरुद्ध २०७२ सालदेखि षडयन्त्र शुरु भएको छ । म सञ्चारमन्त्री भएको २, ३ महिनादेखि त्यो षडयन्त्र शुरु भयो ।’ उनले आफुविरुद्ध विभिन्न ठाउँ बैठकहरु बसेर एउटा गिरोह सक्रिय भएको बताए । ती गिरोहले नै केही पात्रहरुको खोजेर, खरीद गरेर आफुमाथि प्रयोग गरेको छ ।
‘हिजो मात्र एउटा अदालतमा मुद्दा दर्ता भयो भनेर सामाजिक सञ्जालमा आइराखेको छ। २०७२ सालदेखि लगातार लगातार मौषम अनुसार सामाजिक सञ्जाल र केही साना मसिना अनलाइनहरुमा केही कुराहरु मेरो प्रसंगमा आइराखेको सर्वविदितै छ,’‘आजसम्म यो प्रसंगमा मैले बोलेको छैन, किनभने मेरो कुनै दोष छैन, कमजोरी छैन ।’
आज बोल्नुपर्ने अवस्था आएको भन्दै मुख्यमन्त्री राईले चाडै दुधको दुध पानीको पानी छुटिने छ । ‘तपाईहरु भ्रममा नपर्नुस्, कतै चुकेको थियो कि, गल्ती गरेको थियो कि भनेर,’मुख्यमन्त्री राईले भने,मिडियाहरु दुरुपयोग भएका छन्, मिडियाहरु किनिएका छन् । आधि घण्टामा पात्रहरु, यो खेतीमा लाग्नेहरु तपाईहरुले पत्ता लगाउन सक्नुहुन्छ ।’ म विरुद्ध करोडौं रुपैया खर्चिएको छ।
ती महिलासँग कहिल्यै चिनजान र दोहोरो संवाद पनि नभएको बताउदै आपु संचारमन्त्री भएको ३ महिना पछि मोवाइलमा म्यासेजहरु आउन थालेको थियो । सयांैको संख्यामा म्यासेज आएको थियो ‘फटाफट मेरो नम्बरमा म्यासेज आउछ, त्यो म्यासेज दुईटा, तिनटा होइन सयौंको संख्यामा आउँछ । भोलीपल्ट पनि आउछ, म त्यो म्यासेज प्राप्त भएको नम्बरमा कलब्याक गर्छु, र को मान्छे हो चिन्न खोज्छु । नामसम्म थाह हुन्छ । त्यसपछि फोन राख्छुँ । तर म्यासेज लगातार आयो ।’ त्यसरी निरन्तर आएको म्यासेजहरुलाई जस्ताको तस्तै मोवाइलमा राखेर सञ्चारमन्त्री, सरकारको प्रवक्ताको हैसियतामा प्रधानमन्त्रलाई देखाएको थिएं। प्रधानमन्त्री पनि अचम्मित भएर षडयन्त्र भएको थाहा पाएपछि अब तपाई ढुक्कले केही विचलित नभै काममा अघि बढ्नुस्, कसैलाई प्रतिक्रिया नदिनुस् भनेर ढाडस दिनस भएको थियो
निरन्तर म्यासेज आउन नछोडेपछि सरकारबाट हामी बाहिरिएपछि गिरोहको नाइकेको नाम किटान गरेर पार्टीमा एउटा एजेण्डा पोलिटब्युरो बैठकमा दर्ज गरेर छलफल भएको पनि उनले खुलाए । ‘पार्टी अध्यक्षसँग औपचारिक अनुमतिमा २ घण्टा छलफल भयो । बैठकमा एक मतले ती पात्र गलत हुन् भन्ने निष्कर्ष निस्कियो,’उनले भने,‘मैले ६ वटा नम्बर र ७ पेज म्यासेज सहित सिआइबीमा निवेदन दिए । पुलिसले आवश्यक अध्ययन गर्यो, र यी मान्छे स्वाभाविक मनस्थितिमा छैन, त्यसो हुदा अहिले कारबाही अगाडि नबढाऔ भनेर त्यसबेलाको डिआइजी अहिले प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, नवराज सिलवालले भन्नु भएको थियो । मैले यो बिषयमा आजको मितिसम्म कही कतै प्रतिक्रिया दिएको थिइन, तर लगातार यसप्रकारको षडयन्त्र, गिरोह किन हो थाह छैन ।’