इटहरी: भारतमा तिर्थयात्री चढेको बस दुर्घटनामा परि मृतक र घाईते भएका परिवारलाई इटहरी उपमहानगरपालिका पालिकाले आर्थिक सहयोग गरेको छ ।

आज इटहरी पालिकाका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतम सहितको टोलीले घरघरमै पुगेर मृत्यु भएका सात जना र घाईते भई उपचार गराई रहेका अन्य दुई जनाको परिवारलाई जनही पच्चिस हजारका दरले राहत बितरण गरिएको उपमेयर गौतमले जानकारी दिईन् ।

गत माघ २३ गते महिना दिनका लागि चारधाम यात्रामा निस्केका इटहरी वडा नम्बर १०,११,र १२ वडाका सात जनाको फागुन ७ गते राति दक्षिण भारतीय ाज्य सतमिलनाडुमा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । मृत्यु हुनेमा टिकाराम चौधरी, रसिलाल चौधरी, फुलमति चौधरी, बोधनि चौधरी, गोपाल तामाङ, वीरबहादुर राई र पवनलाल चौधरीको ज्यान गएको थियो ।

यस सगैं दुर्घटना भएपछिको सम्पुर्ण मृतकको लास ल्याउने खर्च स्वयम इटहरी उपमहानगरपालिकाले गरेको समेत उपमेयर गौतमले बताईन् ।