धरानः सुनसरी उधोग बाणिज्य संघ धरानको आयोजना संचालित १० दिने मेलामा दैनिक ४० लाख बराबरको आर्थिक कारोवार भईरहेको छ ।
फाल्गुन १५ गतेबाट सुरु भएको मेला फागुन २४ गतेसम्म लाग्ने मेलामा पहिलो दिन अपेक्षाकृत कारोवार नभए पनि दोस्रो दिनदेखी भने सन्तोषजनक रुपमा आर्थिक कारोवार भएको सुनसरी उधोग बाणिज्य संघका महासतिव शिवराज श्रेष्ठले बताए । आर्थिक कारोवार दैनिक रुपमा थप बढ्ने उनले बताए ।
मेलामा जम्मा २ करोडको आर्थिक कारोवार हुने अपेक्षा राखिएको भए पनि यही अनुपातले आर्थिक कारोवार भए ४ करोड भन्दा माथिको कारोवार हुने अनुमान गर्न सकिने महासचिव श्रेष्ठले बताए । मेलामा दैनिक उपभोग्य सम्प्ुर्ण बस्तुहरु पाइने भएकाले पनि अवलोककर्ताहरुको उत्साजनक नै उपस्थिति रहेको छ । मेलमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका अग्र्यानिक तथा घरेलु उत्पादन पाइने भएकाले पनि दर्शक तथा अवलोकनकर्ता प्रतिदिन बढीरहेको श्रेष्ठले वताए ।
उनका अनुसार सबैभन्दा बढि अग्र्यानिक तथा घरेलु सबैभन्दा बढि कारोवार भएको छ भने सबैभन्दा कम कारोवार गर्ने भवन निर्माणका सामाग्रीहरुको भएको वताएका छन । मेलामा दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती हुँदै आएको छ ।
जुत्ता चप्पलको प्रर्दशनी आजदेखी,अझै आर्थिक कारोवार बढ्ने
धरानमा १० दिनसम्म संचालन हुने औधोगिक व्यापार मेलामा आजदेखी नेपालमै उत्पादन हुने ९ ब्राण्डका जुत्ता चप्पलको २१ दिने मेला पनि सुरु भएको छ । मेलामा १५ प्रतिशतदेखी ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
मेलामा फेसनेबलदेखी स्कुलका विभिन्न डिजाइनका जुत्ता समेत पाइने छ । जुत्ता प्रर्दशनी व्यापारका लागी मात्र नभइ स्वदेशी उत्पादनलाई प्रवर्दन र उपभोतmालाइ नेपालका उत्पादन विदेशी उत्पादन भन्दा सस्तो र गुणस्तरीय हुने कुरा जानकारीका लागी पनि २१ दिने लामो मेला आयोजना गरिएको फुटवयरका संङ्गठनका केन्द्रिय अध्यक्ष कृष्ण फुयलले वताए ।
मेलामा धेरै भन्दा धेरै आइटमका जुत्ता सबै उमेरका समुहलाई मिल्ने किसिमको एउटै छातामुनी उपलब्ध रहेको छ । नेपालमा उत्पादन भएका जुत्ता आयात हुने जुत्ता भन्दा सस्तो र गुणस्तरीय रहेका छन् । नेपालमा उत्पादन हुने बाहेक अन्य मुलुकबाट आयात हुने जुत्तामा वारेण्टि छैन तर नेपालमा उत्पादन हुने जुनसुकै कम्पनी र डिजाइनका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी दिइएको फुयलले बताए ।

7-1