इटहरीः मृत्यु भईसकेको व्यक्तिको नाममा घर बाटो सिफारिस गर्ने इटहरी उपमहानगरपालिकाका स्टार किपर शाखा अधिकृत राजेन्द्र धिमाल सहित गैर कानूनी तरिकाले जग्गा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले बिषेश अदालतमा मुद्धा दर्ता गरेको छ । धिमालसंगै ८ जना विरुद्ध बिषेश अदालत काठमाण्डौंमा अख्तियारले मुद्धा दर्ता गरेको हो ।
धिमाल सहित ८ जनाले धरान १० निवासी स्वर्गीय रनमाया लिम्बूको औठा छाप किर्तेगरस् जग्गा बिक्रि गरेका थिए । अख्तियारले सो प्रकरणमा तत्कालीन सुनसरीका मालपोत अधिकृत दधिराम गुरागाई , नायव सुब्बा मनोज घिमिरे, खरिदार कृष्ण प्रसाद नेपाल र राम प्रसाद भट्टराईलाई पनि विपक्षी बनाएको छ । । धिमालले दिएको सिफारिसका आधारमा मोठ फाँट रामप्रसाद भट्टराईले २०७० सालमा मृत्यु भएकी रनमाया लिम्बुको नाममा औँठाछाप लगाई आएको लिखतलाई जग्गा लिने र दिने गरेका थिए ।
गैरकानुनी तरिकाले हक नपुग्नेलाई हस्तान्तरण गरेपछि दधिराम गुरागाई, मनोज घिमिरे, कृष्णप्रसाद नेपाल, रामप्रसाद भट्टराईलाई कैद, सजाय र जरिवाना माग दाबी गरेको छ । जग्गाधनी स्वयम उपस्थित नभई नै लिम्बुको नाममा घर बाटो सिफारिस गरेकोले इटहरीका कर्मचारी धिमाललाई मतियारको रूपमा मात्र निवेदन दर्ता गराएको छ । अख्तियारले एक लाख ८७ हजार रुपैयाँ घुस लिएर गलत लिखत तयार गरेको भन्दै मुद्दा दर्ता गरेको हो । मरिसकेका मानिसको नाममा औठाछाप लगाई व्यक्तिको नाममा मिलेमतोमा जग्गा पास गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो । धरान १० की रनमाया लिम्बुको किर्ते आंैठाछाप लगाई रत्नदेवी लिम्बुको नाममा जग्गा पास गरेको अख्तियारको ठहर छ । अख्तियारमा मुद्धा दर्ता भएका मध्ये इटहरी उपमहानगरपालिकाका स्टोर किपरका रुपमा कार्यरत शाखा अधिकृत धिमालले उपमहानगरको स्टोर किपर रहदा र त्यसअघि प्रशासन प्रमुखको जिम्मेवारीमा रहदा पनि भ्रष्टाचार गरेकाले उनिमाथि थप अनुसन्धान गर्नु पर्ने माग इटहरी उपमहानगपालिका भित्रकै कर्मचारीले गरेका छन् । सार्वजनिक जग्गा मिचेर घर निर्माण गरेका उनले इटहरी उपमहानगरपालिकाले खरिद गरेका फर्निचर, कम्प्युटर र डिजिटल हाजिरी मेसिनमा बिक्र्रेतासंग मिलेर अग्रिम कमिशन लिएको आरोप पनि ती कर्मचारीहरुले लगाएका छन् ।
उनले गरेको फटाईका बिषयमा इटहरी उपमहानगरपालिकामा करार सेवामा कार्यरत रहि केही दिनअघि मेयर द्धारिकलाल चौधरीको एकल निर्णयका कारण अवकास पाएका पूर्व कर्मचारीहरुले समाजिक संजालहरुमा स्टाटस लेखिरहेका छन् ।