धरानः सुनसरी उधोग बाणिज्य संघले धरानको आयोजनामा पब्लिक माध्यामिक विद्यालयको खेल मैदानमा लागिरहेको मेलामा नेपालमा उत्पादन भएको विभिन्न ब्राण्डाका जुत्ता चप्पलको व्यापार दैनिक ५ लाख ५० हजार भन्दा बढी भइरहेको छ ।
औधोगिक व्यापार मेला लागेको २ दिन पछिबाट सुरु भएको जुत्ता चप्पल मेलामा दैनिक नौ दश लाख सम्म व्यापार हुने अपेक्षा रहेको भएपनि अहिले सम्म त्यो लक्ष्यमा पुग्न नसकिएको फुटवयर निर्माण संगठनका केन्द्रिय अध्यक्ष कृष्ण फुयलल जानकारी दिएका छन । तर अव केही दिनमा उपभोतmाले नै प्रचारप्रसार गर्न थाले पछि व्यापारमा बृद्धि हुने पनि वताएका छन । उनि भन्छन त्यही भएर पनि यति लामो समय जुत्ता चप्पलको मेला आयोजना गरिएको हो । १५ प्रतिशतदेखी ६० प्रतिशत सम्म छुटका साथ फेसनेबलदेखी स्कुल ड्रेसका विभिन्न ९ कम्पनी र विभिन्न ब्राण्डका जुत्ता चप्पल पाइने हुनाले उपभोतmाहरुमा यसको ज्ञान भएपछि व्यापार हुने वताइएको छ । जुत्ता चप्पलका बा्रण्डहरुमा हिलिफे, शिखर, रन, शु ल्याण्ड, ल्याण्ड वाल्क, वि एफ डियर हिल, गोल्ठ स्टार, कोशेली क्रस रोड रहेका छन ।
जुत्ता प्रर्दशनी व्यापारका लागी मात्र नभइ स्वदेशी उत्पादनलाई प्रवर्दन र उपभोतmालाइ नेपालका उत्पादन बाह्य उत्पादन भन्दा सस्तो र गुणस्तरीय हुने कुरा जानकारीका लागी पनि योे मेलाको आयोजना गरिएको फुटवयर आयोजकले जनाएको छ ।
मेलामा धेरै भन्दा धेरै आइटमका जुत्ता सबै उमेरका समुहलाई मिल्ने किसिमको एउटै छातामुनी उपलब्ध रहेको छ । नेपालमा उत्पादन भएका जुत्ता आयात हुने जुत्ता भन्दा सस्तो र गुणस्तरीय रहेका छन । नेपालमा उत्पादन हुने बाहेक अन्य मुलुकबाट आयात हुने जुत्तामा वारेण्टि छैन तर नेपालमा उन्पादन हुने जुनसुकै कम्पनी र डिजाइनका जुत्तामा पनि कम्तिमा ६ महिनाको वारेण्टी दिइएको हुन्छ जसले गर्दा पनि हामीले गुणस्तरीयतामा आयात हुने भन्दा स्वदेशी जुत्तामा विश्वास रहेको छ ।

20200304_131221 - Copy