इटहरीः मालपोत कार्यालय सुनसरीका कर्मचारीसमेतको मिलेमतोमा मृत्यु भइसकेको व्यक्ति धरान १० की रनमाया लिम्बुको कीर्ते औठाछाप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गलत लिखत तयार गरी उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका ब्यक्तिहरुउपर देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ । किर्ते कार्यमा संलग्न कर्मचारीहरु उपर बिषेश अदालतमा दायर गरिएको मुद्धामा यस्तो माग दावी गरिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । 

क. भूमिसुधार तथा मालपोत कार्यालय, सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाई, नायव सुब्बा (तहरिर) मनोज घिमिरे, खरिदार (फाँटवाला) कृष्ण प्रसाद नेपाल र खरिदार (मोठफाँट) राम प्रसाद भट्टराईको हकमाः निजहरुले २०७०/०७/१० मा मृत्यु भएको रनमाया लिम्बुको गलत औँठाछाप लागी पेश हुन आएको लिखतलाई जग्गा लिनेरदिने व्यक्तिहरुलाई समेत यकिन सनाखत नै नगरी मृतक व्यक्तिको नामको जग्गा मिति २०७६/०८/२८ मा हालैको वकसपत्रको गलत लिखत तयार तथा पारित गरी रु.३१,४५,०००।((एकतीस लाख पैतालीस हजार) बराबरको जग्गा गैरकानुनी तरिकाले हक नपुग्ने रत्नदेवी लिम्बुलाई हक हस्तान्तरण गरी गैरकानूनी लाभ र्पुयाएको पुष्टि भएकोले निजहरु दधिराम गुरागाई, मनोज घिमिरे, कृष्ण प्रसाद नेपाल र राम प्रसाद भट्टराईलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिम कैद सजाय र जरिवाना हुन मागदाबी लिइएको छ ।
ख. साविक इटहरी नगरपालिका, हाल ईटहरी उपमहानगरपालिका सुनसरीका शाखा अधिकृत राजेन्द्र धिमालको हकमाः जग्गाधनी स्वयम उपस्थित नभई नै निजको नाममा घरबाटो सिफारिस निवेदन लिई मिति २०७०।०८।२४ मा नगरपालिकाबाट घर बाटो सिफारिस गरेको र सोही सिफारिसको आधारमा मालपोत कार्यालय सुनसरीबाट मृतक रनमाया लिम्बुको नाममा रहेको जग्गा गैरकानूनी रुपमा रत्नदेवी लिम्बुको नाममा हालैको बकसपत्रमार्फत हक हस्तानान्तरण भएको देखिंदा निजले हालैको बकसपत्रको लागी घरबाटो सिफारिस गरी गलत लिखत तयार गर्ने कार्यमा मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को कसुरको मतियार हुने कसुर गरेकोले सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।
ग. लेखापढी व्यवसायी पुस्कर प्रसाद पोखरेलको हकमाः जग्गाधनी व्यक्ति स्वयम उपस्थित नहुँदै निजको नामको लिखत लेखी झुठा सहिछाप सहित लिखत तयार गरी अंशियारको हक मास्ने र रत्नदेवी लिम्बुले लाभ पाउने गरी गलत लिखत तयार गरी मालपोत कार्यालय सुनसरीमा पेश गरेको पुष्टि भएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) को कसुरको मतियार हुने कसुर गरेकोले सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।
घ. आरोपित रत्नदेवी लिम्बुको हकमाः मृत्यु भइसकेको व्यक्ति रनमाया लिम्बुको नाममा रहेको जग्गा निजको मृत्यु भएपछि गलत कागजात बनाई, झुठा औंठाछाप लगाई पेश गरी लिखत पारित गराई गैरकानूनी रुपमा रु.३१,४५,०००।( (एकतीस लाख पैँतालीस हजार) बराबरको जग्गा आफ्नो नाममा कायम गराई गैरकानूनी लाभ लिएको र उक्त जग्गा आफ्नो नाममा कायम गर्नरगराउन रु.२,३५,०००र((दुई लाख पैँतीस हजार) रकम बुझाएकोमा रु.४७,१७५र((सचालीस हजार एक सय पचहत्तर) मात्र राजश्व दाखिला रसिद देखिएको बाँकी रु. १,८७,८२५र((एक लाख सतासी हजार आठ सय पच्चीस) गलत लिखत तयार गर्न घुसररिसवतबापत दिएको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ र ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) र ऐ. ऐनको दफा ८ को उपदफा (४) को कसुरमा हुने जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ।
ङ. पारित गलत लिखतका साक्षी गोविन्द कोइरालाको हकमाः मालपोत कार्यालय सुनसरीको हालैको बकसपत्रको किर्ते औठाछाप र दस्तखतसमेत गरी पारित लिखतमा साक्षीको रुपमा बसी दस्तखत गर्ने महलमा रामधुनी नगरपालिका वडा नं. ५ बस्ने लेखापढी व्यवसायी गोविन्द कोइरालाले किर्ते दस्तखत गरी झुठा लिखत पारित गर्ने काममा साक्षी बसी मतियारको काम गरेकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुरको मतियार हुने कसुर गरेको देखिंदा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरीएको छ ।