धनकुटाः धनकुटाको सागुरीगढी गाउँपालिका ६ कार्कीछापमा शुक्रबार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ । धरानवाट धनकुटा हुँदै तेह्रथुम तर्फ जाँदै गरेको को १ ख २८२४ नं को यात्रुवाहक वस दुर्घटना हुँदा वसमा सवार २३ जना यात्रु घाईते भएका छन् , घाईते मध्ये दुई जनाको अबस्था गम्भिर रहेको प्रदेश एक ट्राफिक प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाईते हुनेहरुको नामावली
जिल्ला मोरङ केराबरी गा.पा. ९ बस्ने बर्ष ३२ का अमर राई सोही ठाउँककी बर्ष २६ कि चन्द्रकला राई र उनकै छोरी बर्ष १ की सुमिता राई रहेका छन। त्यस्तै जिल्ला धनकुटा साँगरीगढी गा.पा.६ बस्ने बर्ष २३ को कृष्ण लिम्बु सोही ठाउँका बर्ष ४२ का नविन लिम्बु त्यस्तै धनकुटा चौबिसे गा.पा.७ बस्ने बर्ष ५०कि उर्मिला बराल, जिल्ला संखुवासभा खपना ५ बस्ने बर्ष २७ का नविन खत्री, जिल्ला धनकुटा छथरजोरपाटी गा.पा. ५ बस्ने बर्ष ३० की सम्झना राई, सोही ठाउँका बर्ष २९ को कमल लिम्बु र बर्ष २९ को डम्बर मगर, जिल्ला तेह्रथुम छथर गा.पा. १ बस्ने बर्ष २३ की दुर्गा कार्की, धनकुटा छथर जोरपाटि गा.पा. २ बस्ने बर्ष १९ भगवती दाहाल र बर्ष १२ की अञ्जली दाहाल, जिल्ला मोरङ पथरी १० मोरङ बस्ने बर्ष ८० को उदय बहादुर भट्टराई, धनकुटा पाख्रिबास न.पा. ६ बस्ने बर्ष ३० की रमा सापकोटा रहेका छन् ।

त्यस्तै जिल्ला सुनसरी ईटहरी उमनपा ११ बस्ने बर्ष ४२ की साबित्रा थापा, र ५६ बर्षकी टिकादेवी भट्टराई, धनकुटा न.पा.९ बेलहरा बस्ने बर्ष ३५ की ईन्दिरा बिष्ट, सुनसरी ईटहरी उमनपा ९ बस्ने बर्ष २५ की जानुका बस्नेत, सुनसरी ईटहरी उमनपा ५ बस्ने बर्ष ३० की निर्मला दाहाल, जिल्ला मोरङ उर्लाबारी ४ बस्ने बर्ष ४० की साबित्रा श्रेष्ठ, मोरङ पथरी सनिश्चरे ६ बस्ने बर्ष २२ की पुजा श्रेष्ठ, काठमान्डौ धलिखेल ९ बस्ने बर्ष ४० को रगु श्रेष्ठ रहेका छन् ।

घाइते मध्ये संखुवासभा बस्ने बर्ष २२ का नबिन खत्री टाउकोमा चोट गहिरो चोट लाग्दा उनको अबस्था गम्भिर रहेको छ भने धनकुटा पाख्रीबास ६ बस्ने बर्ष ३० की रमा सापकोटा टाउकोमा रगत जमेको उनको पनि अबस्था गम्भिर रहेको ट्राफिक प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ ।
घाइते सबैको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने बस चालक धनकुटा सागुँरीगडी गाउँपालिका एक घर भएका २६ बर्षका प्रदिप लिम्बु फरार रहेको र उनको खोजीकार्य भईरहेको प्रहरीले बताएको छ । तिब्र गतिका कारण वस अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको थियो । वसमा करिव ३५ जना वढी यात्रु सवार थिए ।

                                                                                                                                                                                               तस्बिर https://sangalokhabar.com/ बाट