भोजपुर : भोजपुरको पौवादुङ्मा गाउँपालिका स्थित मानेडाँडाबाट धरानका लागि छुटेको बोलेरो जिव दुर्घटना भएको छ । को १ ज ३४९१ नम्बरको बोलेरो मानेडाँडाबाट तिवारीभञ्याङ् निस्किदैँ गरेको उकालो सडकमा ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल झरेको थियो ।
उक्त दुृर्घटनामा परी सात जना यात्रु घाइते भएका छन् । घाइते मध्ये दुईको अबस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तिवारीञ्याङमा ईन्चार्ज सन्तोष निरौलाले जानकारी दिए । घाइते हुनेमा पौवादुङ्मा गाउँपालिका वडा नम्बर ६ वर्ष २४ कि सोमिया राई, वर्ष ३७ कि देवकी राई , वर्ष ४१ कि तारा राई, वर्ष ६१ कि इन्द्रकुमारी राई, खोटाङ घर भएका पुर्ण राई रहेको प्रहरीले भनाई छ ।
घाइते मध्ये सोमिया राईको टाउकोमा चोट लागेकाले उनको अबस्था गम्भिर रहेको छ त्यस्तै खोटाङ घरभएका पुर्ण राईको हात खुट्टामा गहिरो चोट लागेकाले उनको पनि अबस्था गम्भिर रहेको छ । बोलेरो चालक इलाम घर भएका वर्ष २६ का सुवास नेपाली पनि सामान्य घाइते भएको छन् ।
घाइते सबैलाई उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइदैँ गरेको इलाका प्रहरी कार्यालय तिवारीभञ्याङका ईन्चार्ज निरौराले बताए ।
तस्बीर : ज्ञानेन्द्र राई