धरानः जबर्जस्ती बलात्कारको आरोपमा इलाका प्रहरी कार्यलय पानवारीका एक युवालाई पक्राउ गर्नुका साथै सोमबार नै लागुऔषधको कारोबारीको आरोपमा धरान १० का एक युवक पक्राउ परेका छन् ।
धरान–६ की १४ वर्षीया बालिकालाई स्थानीय ३८ वर्षीय सन्तोष कार्कीले स्कुटर सिकाइ दिने बहाना बनाइ पानबारीस्थित पञ्चकन्या सामुदायिक वनमा लगी जबर्जस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । पक्राउ परेका युवामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि म्याद थप गरेर मेडिकल टेष्टल गायतका कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानैले बताए । पीडित परिवारले जवरस्ती करणी गरेको भनी जाहेरी दरखास्त दिएका थिए । कार्कीलाई नियन्त्रणमा लिई जवरजस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसै गरि धरान–१० धर्मपथबाट एक युवा लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका छन् । प्रहरीले ब्राउन सुगर सहित धरान–१० का २६ वर्षीय दीपेश सुब्बालाई पक्राउ गरेको हो । उनलाई धर्मपथबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको साथबाट ४ ग्राम ब्राउन सुगर र २० हजार रुपैयाँ पनि बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए ।
धर्मपथमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा उनलाई प्रहरीले चेकजाँच गर्दा गोजीमा प्लाष्टिकले पोको पारेर लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको डिएसपी न्यौपानेले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

balatkar pakrau (1)