धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल हराउदा समेत सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै पिडितले धरानमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । उदयपुर वेलका ३ का प्रदिप चौलागाईले बिपी परिसरबाटै हराएको मोटरसाइकल लामो समय सम्मपनि सम्बन्धित निकायले चासो नदिएकाले भन्दै पत्रकार सम्मेलन गरेका हुन् ।
गत फाल्गुन १३ घोपा क्याममा उपचार गराउन गएका क्रममा पार्किङ गरी राखिएको मोटरसाइकल हराएको थियो । दाजु शरण कुमार चौलागाईको उपचार गराउन आएका प्रदिपको उपचार गराउने क्रममा बिहान करिब ५ बजे मोटरसाइकल हराएको थियो ।
को १० प ५१८५ नम्बरको बजाज कम्पनीको कालो पल्सर मोटरसाइकल हेन्डिल लक गरेर राखेपनि हराएको थियो । हराए लगत्तै विपी कोइराला स्वास्थ्य प्रतिष्ठानको प्रशासन समक्ष लिखित हराएको उजुरी दिन खोजेपनि पत्र पनि लिन नचाहेको चौलागाईले पत्रकार सम्मेलनमा गुनासो गरेका थिए ।
यति ठुलो हस्पिटलमा एउटा सीसी क्यामेरा छैनरु पत्रकार सम्मेलनमा चौलागाईले भने, हरेक दिन सवारी हराउछ यहि ति माथि हेण्डिल लक गरेको। बाइक हराएको प्रति भित्रकै कर्मचारीहरुको मिलेमतोको आसंखा समेत चौलागाइले गरे।
उक्त घटनाको निबेदन लिएर फाल्गुन १४ गते उनीहरु इलाका प्रहरी कार्यलय धरान र ट्राफिक कार्यलय धरान जाँदा समेत कुनै चासो नलिएको गुनासो गरेको थिए । प्रहरी प्रशासनले आफ्नो पद र मर्यादाको ख्याल नगरी गैरजिम्मेवारी तरिकाले यस्तो बाइक यहाँ कति हराउँछन् भन्ने उत्तर दिएको भन्दै पिडित पक्षले प्रहरी प्रशासनमाथि आक्रोस पोखेका थिए ।