इटहरी: आज इटहरीका अधिकाशं पेट्रोल पम्पहरुले ग्राहकलाई लाइनमा राखेर पेट्रोल बितरण गरेका छन् । इटहरी आसपासका राधाकृष्ण टे«ड एण्ड सप्लायर्स, साथी फ्युल सेन्टर प्रा.लि, ओम आयल सप्लायर्स, लयायत अन्य पेट्रोल पम्पले ग्राहकलाई लाइनमा लगाएर पेट्रोल बितरण गरेका हुन् ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलको भाउ घट्दै गएकाले नेपालमा पनि केही दिनमा भाउ घट्ने सम्भावनाले पम्प संञ्चालकहरुले महङ्गो मुल्यमा खरिद गरीएको पेट्रोल सस्तो मुल्यमा बिक्रि गर्दा घाटा लाग्ने भएकाले अधिकाशं पेट्रोल पम्पले बिक्रि नगरेको पेट्रोल पम्प मध्ये एक सञ्चालकले बताए ।
त्यस्तै स्यार्सेकाली आयल डिष्ट्रीब्यूटर्स ट्रेडर्स इटहरीका संञ्चालक मनोज सरौफले भने आम नेपाली जनमानसमा अहिले कोरोना भाइरसको त्रासले भोलिका दिनमा पेट्रोल सटेज हुने डरले पेट्रोल लिनका निम्ति ग्यालिन, बोतल लिएर लाइन्मा बसेको बताए । सरौफले भने ग्राहकले सोचे जस्तो तेलको अभाब नरहेकाले तत्काले आत्तिनु  पर्ने अबस्था नरहेको उनले जानकारी दिए ।

oli 1 oli 3 oli 4 oli 5 oli 7 oli 6