कानेपोखरी: नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोरङको कानेपोखरीमा एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
कानेपोखरी– ७ बिहिबारे मोड पूर्वपश्चिम लोकमार्गमा सवारी दुर्घटनामा परी अन्दाजी ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधन र मृतकको पहिचान नखुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते ब्यक्तिको उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा राती करिब १ बजे मृत्यु भएको हो । ठक्कर दिने सवारीको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।