विराटनगरः नेपाल विद्युत् प्राधिकरणले सुनसरी–मोरङ औद्योगिक करिडोरका दुई महत्वपूर्ण उद्योगको विद्युत लाइन कटौती गरिदिएको छ ।
प्राधिकरणको इटहरीस्थित विरतण केन्द्रले सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल र विराटनगर वितरण केन्द्रले विराटनगर मिल्स ऐरियास्थित रघुपति जुटमिल्सको विद्युत कटौती गरिदिएको हो ।
औद्योगिक ग्राहकअन्तर्गत रहेको रिलाइन्सले १ अर्ब ५० करोड रुपैयाँ विद्युत् महशुल तिर्न बाँकी छ । विद्युत् प्राधिकरण इटहरीका केन्द्रका प्रमुख मिथिलेशकुमार गोइबारका अनुसार महशुल नतिर्ने ठूला उद्योगको लाइन काट्ने शुरु गरिएको हो ।
विराटनगर रानीस्थित रघुपति जुटमिलको लाइन पनि प्राधिकरणले काटिदिएको छ । जुटमिलले १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ शुल्क बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । रिलायन्स र रघुपति गोल्छा अर्गनाइजेसनले संचालन गरेका उद्योग हुन ।

lain
यसैबीच विद्युत काटिएको विषय र कोरोना त्रासका कारण औद्योगिक क्षेत्रमा परेको समस्याबारे मोरङ व्याािर संघले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष प्रकाश मुन्दडासहितका उद्योगीहरुको प्रतिनिधिमण्डलले बुधबार मुख्यमन्त्री राईलाई भेटेर औद्योगिक क्षेत्रको समस्यालाई सम्बोधन गर्न माग गरेका हुन ।
मुन्दडाले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा रधुपति जुट मिल र रिलायन्स स्पिनिङ मिलले हजारौँ जनतालाई रोजगारी प्रदान गर्दै आएको तर विद्युत कटौती हुँदा त्यसले उद्योग र कामदारहरुसमेत समस्यामा पर्ने उल्लेख छ ।
प्रदेश नम्बरका दुई ठूला खुल्ला नाकाहरु (विराटनगर र काँकडभिट्टा) रहेका कारण हजारौँ मानिसहरुको आवत–जावत हुने हुँदा कोरोना संक्रमणको जोखिम उच्च हुन सक्ने भएको र यसको रोकथाम एवं नियन्त्रणकालागि प्रत्येक नाकामा स्वास्थ्य परिक्षण कार्यलाई अझ व्यवस्थित, मर्यादित र कडाईका साथ लागू गराउन उद्योगीले माग गरेका छन ।
विद्युत महशुल वृद्धि गर्ने प्रस्ताव अन्यायिक रहेको भन्दै अध्यक्ष मुन्दडाले मुख्यमन्त्रीलाई बैंक व्याजदर, आयकर लगायतमा उचित सहुलियत दिन सरकारले चासो दिनुपर्ने भन्दै ध्यानाकर्षण गरे । मुख्यमन्त्रीलाई भेट्न पूर्वअध्यक्ष महेश जाजू, निर्वतमान अध्यक्ष पवन कुमार सारडा, उपाध्यक्षद्वय विकाश कुमार बेगवानी, अनुपम राठीलगायत मुख्यमन्त्री कार्यालय पुगेका थिए ।