इलामः इलामको सूर्योदय नगरपालिका–१३ को पोखरी स्थित किराँत टोलमा हत्या गरि खाल्डोमा गाडीएको अवस्थामा एक युवतीको शव फेला परेको छ ।
स्थानीय १७ वर्षकी किशोरी आकृति राईको शव हत्यापछि खाल्डोमा गाडीएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राइले जानकारी दिए ।
सोहि ठाउँको ज्योती माविमा अध्ययनरत किशोरी मंगलबार विद्यालय हिनेपनि विद्यालय नपुगेपछि उनको खोजी गरिएको थियो । खोजिको क्रममा स्थानीयले बुधबार अम्लिसो घारीमा खाल्डोमा पुरेको अवस्थामा उनको शव फेला परेको थियो । शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेर प्रहरीले खाल्डोबाट युवतीको शव निकालेर थप अनुसन्धान थालेको र पोष्टमार्टम पछि मात्रै हत्याको बारेमा जानकारी दिन सकिने प्रहरीको भनाई छ ।