इलामः इलामको सूर्योदय नगरपालिका–१३ को पोखरी स्थित किराँत टोलमा हत्यागरी अम्लिसो बारीमा पुरिएको अवस्थामा फेला परेकी स्थानीय १७ वर्षकी किशोरी आकृति राईकोे हत्यारा फेला परेका छन । जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपनिरिक्षक हिरा बहादुर पाण्डेले बिहीबार पत्रकार संम्मेलन गरी हत्यारा फेला परेको जानकारी दिएका छन । राईलाई स्थानीय रोशन राईले करणी गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । रोशनलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
किशोरीलाई राईले जवरजस्ती करणी पछि ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको र तरुल खनेका खाल्डोमा हालेर पुरेको अुनसन्धानबाट खुलेको प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।
किशोरीले आँफूलाई जवरजस्ती गरेको कुरा घरमा भन्दिन्छु भनेपछि पोल खुल्ने डरले राईले उनको हत्या गरेको प्रहरीले जनाएको छ । ‘हत्या पछि शव लुकाउन उनले आफ्नै बारीमा रहेको तरुल खनेको खाल्डोमा शव हालेर पुरेको पाइयो’, प्रहरी उपरीक्षक पाण्डेले भने ।

मृत बालिका आकृति राई 1

सोहि ठाउँको ज्योती माविमा अध्ययनरत किशोरी मंगलबार कक्षा ११ को आन्तरिक परिक्षा लेख्न विद्यालय हिनेपनि विद्यालय नपुगेपछि उनको खोजी गरिएको थियो । परिक्षा शुरु हुने समय सम्ममा विद्यालय नपुगेपछि खोजिको क्रममा स्थानीयले बुधबार अम्लिसो घारीमा खाल्डोमा पुरेको अवस्थामा उनको शव फेला परेको थियो ।
प्रहरीले अनुसन्धानको लागि अन्य तीन जनालाई समेत पक्राउ गरेको थियो । हत्यामा अरुको संलग्नता पुष्टि नभएको र राईले एक्लैले बलत्कारपछि हत्या गरेको बयान दिएपछि अन्यलाई भने छाडिएको प्रहरीले जनाएको छ ।