विराटनगरः बिहिबार मोरंग व्यापार संघमा रोजगारदाता तथा ट्रेड युनियनहरुका प्रमुख एवं पदाधिकारीहरुको उपस्थितिमा वर्तमान परिस्थितिका विभिन्न विषयहरुमाथि छलफल गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) बाट जोगिन मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा अवस्थित सयौँ उद्योगहरुमा कार्यरत हजारौँ कर्मचारीहरु र श्रमिकहरुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी दैनिक कार्यशैलीमा अपनाउनु पर्ने सर्तकताहरु बारे चर्चा गरिएको थियो । कार्यक्रममा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङका अध्यक्षहरु एवं पदाधिकारीहरु, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश नं. १ र विभिन्न ट्रेड युनियनका अध्यक्षहरु , प्रमुखहरु एवं पदाधिकारीहरुको उपस्थितिमा औद्योगिक वातावरणलाई सुरक्षित राख्न श्रमिक, रोजगारदाता र ट्रेड युनियनहरु सबैको भूमिका महत्वपूर्ण रहने हुँदा सो कालागि हालको कार्यशैलीमा केही विशेष परिवर्तन ल्याउनु पर्ने आदि विभिन्न विषयहरुमा चर्चा परिचर्चा गरिएको थियो ।

Pic (1)

रोजगारदाता र ट्रेड युनियनहरुलाई नेतृत्व गरिरहनु भएका प्रमुख व्यक्तित्वहरु बीचको छलफलमा प्रदेश नं. १ मा रोजगारदाता र ट्रेड युनियनहरु बीचको सुमधुर सम्बन्ध मुलुककै लागि उदाहरणीय रहेको एवं त्यस प्रकारको सुमधुर र स्वच्छ सम्बन्ध राख्न ट्रेड युनियनहरुको भूमिका सह«ानीय रहेकोमा त्यसको प्रशंसा समेत गरिएको थियो । साथै, आगामी दिनहरुमा पनि त्यस प्रकारका आपसी सद्भाव, संयमता र एकता कायम राख्न सबै वर्ग तत्पर रहनु पर्ने बारे चर्चा गरिएको थियो ।

छलफलकै क्रममा श्रमिकको हकहितकालागि रोजगारदाताहरुले सदा सजगता अपनाईरहेको र राज्यले ल्याएका नीति नियमहरु यथासम्भव आत्मसात गरी रहेको बताइएको थियो । उद्योगहरु फष्टाए श्रमिकहरुको जीवनशैली पनि स्तरोन्नति हुने हुँदा राज्यले श्रमिकको हकहितकालागि ल्याउने नीति नियमहरुका साथै औद्योगिकिकरण बढाउने खालका रणनीतिहरुपनि ल्याउनु पर्ने धारणा राखिएको थियो । साथै, उद्योगहरुमा आई पर्ने समस्याहरु श्रमिकहरुकालागि पनि समस्या हुने हुँदा त्यसको निराकरणकालागि ट्रेड युनियन लगायत श्रमिकहरुले पनि जिम्मेवारीपूर्वक आवाज उठाउनु पर्ने बताईएको थियो ।