भोजपुर: भोजपुरमा चट्याङमा परी एक जनाको मृत्यु भएको छ । भोजपुरको पश्चिमि टेम्केमैयुङ गाउँपालिकाको वडा नम्बर ३ नाम्दालुङ स्थित आफ्नै घरमा बसीरहेको अबस्थामा पानी सहित हावाहुरी आईरहेको  समयमा चट्याङ पर्दा स्थानीय ५७ बर्षीय दुर्गामाया गिरीको मुत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

घाईते हुनेमा सोही ठाउँ बस्ने ६७ वर्षीय मित्रशोभा गिरी र चौध वर्षीय बालक रहेको सोही वडाका अध्यक्ष पूर्ण प्रसाद राईले जानकारी दिए । घाईते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ भने घाईते मित्रमायालाई थप उपचारका लागि जिल्ला अस्पताल भोजपर ल्याईएको वडाध्यक्ष राईले बताए ।