इटहरी : इटहरी उपमहानगरपालिका भित्र साप्ताहिक हाटवजार अनिश्चितकालका नलाग्ने भएका छन ।
इटहरी उपमहानगरले एक सूचना जारी गर्दै इटहरीका सवै ठाँउहरुमा लाग्ने साप्ताहिक हाटवजार नलाग्ने जनाएको हो । कोरोना भाइरसको संक्रमण वाट वच्न हाटवजार नलगाउन र नजान सम्वन्धित सवैलाई आग्रह गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । अर्को सूचना जारी नभएसम्मका लागि साप्ताहिक हाटवजार स्थगीत गरिएको छ ।
यस अघिनै उपमहानगरले विभिन्न तालिम कार्यक्रमहरु चैत मसान्त सम्म रोक्न आग्रह गरिसकेको छ । इटहरीमा सिनेमाहल,जिमखाना,डान्सवार,क्लव लगायत पनि चैत मसान्त सम्म संचालन हुने छैनन । पसलहरु भने सूचारु रहने उपमेयर गौतमले बताइन् ।