इटहरीः विश्वव्यापी रुपमा माहामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण व्यापार व्यवसाय चौपट्ट भएको जनाउदै उद्योग वाणिज्य संघ इटहरीले सरकारसंग बिषेश सहुलियतको माग गरेको छ । शनिवार उद्योग वाणिज्य संघ इटहरीले एक पत्रकार सम्मेलनको आयोजना गरि सहुलियत माग गरेको हो । संघले हालको बिषम परिस्थितीमा बैंक ब्याज, घरभाडा, कर लगायतको बिषयमा सहुलियत दिनुपर्ने माग गरेको छ । इटहरी क्षेत्रमा सञ्चालित होटल, किराना, रेडिमेड, महल, डिपार्टमेन्ट स्टोर, सिनेमा हल लगायतका स–साना व्यावासायीहरुमा कोरोनाको प्रभाव देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बिश्वप्यापी रुपमा महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा नभित्रिए पनि यस प्रभावले गर्दा व्यवसाय पूर्ण रुपमा ठप्प भएको व्यवसायीको भनाई छ । व्यावसायीहरुमा पर्न गएको समस्याको समाधान खोज्ने उद्धेश्यले उद्योग वाणिज्य संघ इटहरीले सम्बन्धित निकायले व्यवसायीको समस्यालाई बुझेर आबश्यक उचित सहुलियत दिनुपर्ने माग गरेका हुन् । स्थानिय सरकार, संघिय र केन्द्र सरकारले व्यवसायीको मार्काेलाई बुझ्नु पर्ने उद्योग वाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोखेलले बताए । उनले भने, ‘दिन प्रतिदिन बजारमा चहलपहल घट्दो छ, व्यवसाय खोल्यो ग्राहक आउदैनन यस्तो अबस्था आएपछि हामीले कसरी बैंकको ब्याज, भाडा र कर तिर्ने’ ? ‘सरकारको तीनै तहबाट व्यवसायीको समस्या अबगत होस’ ।
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले यस्तो प्रभाबित समयमा तीनै तहबाट एक महिनाको व्याज, कर लगायतको छुट गर्नु पर्ने बताए । व्यापार ठप्प भएपछि घरभाडा कहाँबाट ल्याएर तिर्नु भन्ने व्यवसायीहरुको मूख्य समस्या रहेको उद्योग बाणिज्य संघ इटहरीका उद्योग सचिव बिष्णु डाँगीले बताए । उनले भने, ‘भाइरसका कारणले अब व्यवसाय धराशासी भए घर भाडा तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुग्दैछौं, कोरोना प्रभावित उद्योग–व्यवसायहरुलाई घरभाडा तथा बैंकको ब्याजदरमा सहुलियत दिने काम सरकारले गर्नु पर्छ ।’ उनले निजीक्षेत्रसँगको सहकार्यमा खाद्य पदार्थ र अत्याबस्यक बस्तुको आपूर्ति ब्यबस्थापन सहज बनाउन समेत सरकारसँग आग्रह गरे ।
यता बिभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुलाई पनि बेतलवी बिदा दिईएको व्यावासायीहरुले बताएका छन् । भाईरसको संक्रमण बाट बच्नकालागी सरकारले बिभिन्न पहल गरेकोमा सबै जनताले पनि सहयोग गर्नु पर्ने व्यवसायीले आग्रह गरे ।
इटहरीमा हुने सम्पूर्ण कार्यक्रममा रोक
इटहरी उपमहानगरपालिकाले इटहरी आसपासमा संचालन भइरहेका साना ठुला सेमिनार, गोष्ठी जस्ता भिड हुने कार्यक्रम रोक्न सबैमा अनुरोध गरेको छ । उपमहानगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै नोबेल कोरोना भाइरसको जोखिमवाट बच्न सरकारी,सामुदायिक र निजि क्षेत्रका तालिम केन्द्रहरुले संचालन गरिरहेका तालिमहरु नगर्न आग्रह गरेको हो । पालिकाकी उपमेयर लक्ष्मी गौतमले शिप विकास केन्द्र, पीरामिड इन्ष्च्यिूट र पाथीभरा पुगि तालिम कार्यक्रम स्थगित गर्न आग्रह गरेकी थिईन् ।