धरानः अहिले विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ रोकथामका लागि नेपाल यातयात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरपालिका कमिटिले शनिवार जनचेतना कार्यक्रमको अयोजना गरेको छ ।
कमिटिले धरानको भानुचौकमा रहेको वसपार्कमा रोकथामको उपायहरु माइकिङ्ग गरेर जानकारी गराउनका साथै पानी र सावुननै व्यवस्था गरि हात धुने विधि पनि सिकाएका छन् । रोकथाम तथा हात धुने तरिका बारे केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोवायोलोजिका विद्यार्थीहरुले सहजीकरण गरेका थिए । हात्तिसार कलेजका आशिष प्रधानको नेतृत्वमा निशा शाक्य, स्मीता वस्नेत, पल्लवी सुवेदी, आदर्श पौडेल र विजय गुरागाई सहभागि भएका थिए ।
जनचेतनामुलक जानकारीका साथै कमिटिले करिव पाच सय थान मास्क यातयात मजदुर तथा चालकहरुलाई वितरण गरिएको नेपाल यातयात स्वतन्त्र मजदुर संगठन धरान नगर कमिटिका अध्यक्ष कमल भट्टराईले जानकारी गराए । अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि संगठनले यस सम्वन्धि देशभर जनचेतनामुलक कार्यक्रमको आयोजना गरिरहेको संगठनका केन्द्रिय सदस्य लक्ष्मि वानियाले बताए । यातयात मजदुरहरु एक स्थान वाट अर्को स्थानमा गइरहने पेशा भएको र कोरोना भाइरस सर्ने सम्भावना पनि यातयात मजदुरहरुमा वढि देखिएकोले देशभर यो अभियान संचालनमा ल्याएको वानियाको भनाई छ । टेम्पो चालक, वस चालक, रिक्सा चालक, वुकिङ्ग स्टाफहरुलाई मास्क वितरण गरेका थिए ।