धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम कम गर्न थप १३ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

यसअघि नै प्रतिष्ठानले २ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याइसकेको थियो भने आजदेखि डेन्टल, डर्माटोलोजी,इएनटी, सर्जरी लगायत फरक फरक विधामा १३ वटा हेल्पलाइन नम्बर थपेपछि कुल १५ वटा भएको छ । अस्पतालमा धेरै भिडभाड नहोस् भनेर प्रतिष्ठानले सर्वसाधारणहरुलाई घरबाटै स्वास्थ्य परामर्श लिन सजिलो होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए ।

प्रतिष्ठानका अनुसार १३ वटा हेल्पलाइन सेवा विभिन्न विभागलाई दिइएको छ । अस्पताल आउनुपूर्व सम्बन्धित विभागको हेल्पलाइनमा सम्पर्क गरेर मात्र आउन अस्पताल सहायक निर्देशक डा.विकास साहले बताए । सामान्य अबस्थामा सके सम्म अस्पताल नजानु तर जानै परे अथवा समस्या परे हेल्पलाईन नम्बरमा फोन गरेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिएर मात्र आउन डा.साहले बताए ।

bp landline