इटहरी: कोरोना भाइरसका कारण इटहरी आसपासमा रहेका होटल १२ दिनसम्मका लागि बन्द हुने भएका छन् ।
होटल ब्यबसायी संङघ इटहरीको आज बसेको बैठकले एक विज्ञप्ती जारी गर्दै २०७६ चैत्र ११ गतेबाट चैत्र २२ गतेसम्म सम्मका लागि होटल बन्द गर्ने निर्णय गरेको हो ।
होटल ब्यबसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली तथा महासचिब उमानाथ दाहाल द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा सम्पुर्ण होटल ब्यबसायीलाई होटल बन्द गरी सुरक्षित रहन समेत आग्रह गरीएको छ ।
उक्त कार्यसमितिको बैठकले सम्बन्धित घर धनिलाई भाडामा छुट दिन तथा बैंकलाई कर्जाको ब्याज छुट गरिदिन संघले आग्रह गरेको छ ।