धरान : कोरोना संक्रमणको त्रास बढेपछि विराटनगर महानगरपालिकाले मंगलबारबाट लकडाउन गर्ने निर्णय गरेको छ ।
भारतको बिहारमा कोरोना संक्रमकणबाट एकजनाको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले मंगलबार विहानदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
आज बसेको महानगरको कार्यपालिकाले लक डाउन गर्ने निर्णय गरेको मेयर भिम पराजुलीले बताए ।
‘लकडाउन’ गर्दा प्रेस, पानी, अस्पताल, औषधि पसल, खाद्यान्य, दुध बिक्री केन्द्र, बैंकतथा वितियसंस्था सहितका अत्यावश्यस सेवाबाहेक अन्य सेवा बन्द हुनेछन् ।
यस्तै
कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रुपमा फैलिएको कारण सङ्क्रमणबाट बच्नको लागी धरान उपमहानगरपालिकाले लकडाउन घोषणा गरेको छ ।

धरान उपमहानगरपालिकाले आज सोमबार भानुचौकबाट धरानवासीलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन र सार्वजनिक यातायातका साधन नचलाउन अनुरोध गर्दै लकडाउन गरिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।