इटहरीः सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा थुनामा रहेका डीएसपी प्रजित केसी आज साधारण तारेखमा छुटेका छन् । विराटनगर उच्च अदालतले केसीलाई अपिल गरेका आधारमा थुनामुक्त गरेको हो ।
साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानमा उनी पूर्व क्षेत्रमा खटिएका थिए । उनलाई यी दुवै घटनामा अभियुक्त करार गर्दै मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । यस अघि तत्कालीन अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी पनि साधारण तारेखमा छुटिसकेका छन् ।
सुन तस्करीका मुख्य योजनाकार मानिएका चुडामणि उप्रेती गोरेका सहयोगी रामकुमार केसीलाई भने उच्च अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ