इटहरीः कोरोनाको संक्रमणबाट देशबासीलाई बचाउनका लागि १८ गतेसम्म सरकारले गरेको लकडाउनलाई साथ दिदै अटो डिलर एशोसिएन इटहरीले पनि अटो सम्बन्धि सबै कारोबार गर्ने व्यपारीक प्रतिष्ठानमा १५ गतेसम्मलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । एशोसिएशनका इटहरी अध्यक्ष संजोग पराजुली र सचिव महेन्द्र रेग्मीले एक प्रेस विज्ञप्ती प्रकाशन गरि सो जानाकारी गराएका हुन् । एसोसिएसनले लकडाउन अवधिभर कसैलाई पनि घर बाहिर न निस्कन आग्रह गरेको छ । कोरोना संक्रमणबाट नेपाली र नेपाललाई जोगाउने सरकारको निर्णयलाई साथ दिन र आवश्यक सहयोग गर्न एसोसिएसनले अनुरोध गरेको छ ।