इटहरी : नोबेल कोरोना भाईरसका कारण जनता सुरक्षा लागि अर्थात् भाईरस सङ्क्रकण हुन नदिन नेपाल सरकारले देशलाई लकडाउन गरेको आज पाचौँ दिन पनि देशका मुख्य बजार तथा भित्री लाग्ने बजार सुनसान रहेका छन् । यसको असर सबै क्षेत्रका उतिकै रहेपनि खाद्यान्न लगायतका अत्याबश्यक साम्रगीको अभाव चुलिदै गएको छ ।

जनतालाई सुरक्षाका लागि सरकारले घरबाहिर ननिस्कन भनेपछि दैनिक उपभोग्य सामानको अभाव भईरहेका बेला इटहरी स्थानीय सरकारले भने स्थानीयबासीलाई दैनिक खाद्यान्नका बस्तु नगरबासीका घर घरका पुर्याउने भएको छ ।

कोरोनाको महामारी फैलन नदिन घरैमा बसेका नगरवासीलाई अत्यावश्यक सामाग्री अभाव हुन नदिन यस्तो कार्यक्रम ल्याइएको इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् । लडाउनको समय लम्बिन सक्ने भएकोले बेलैमा सतर्कता अपनाउन खोजिएको उपमेयर गौतमको भनाई छ ।

यसका लागि इटहरी क्षेत्रभित्र उपमहानगरपालिकाको समन्वय र सहकार्यमा गोरखा डिपार्टमेन्टले खाद्यान्न लगायतको आवश्यक सामग्री घरघरमै लगेर सामान बिक्री गर्ने भएको छ ।
गोरखा डिपार्टमेन्ट इटहरी शाखाले सम्पूर्ण वडामा सामाग्री पुर्‍याउने जिम्मा लिएको छ । सरकारले चैत्र ११ देखि १८ गतेसम्म एक साता लकडाउन घोषणा गरेकोले उपमहानगरको समन्वयमा वडास्तरिय तालिका नै बनाएर सामाग्री पुर्‍याइने डिपार्टमेन्ट स्टोरले जनाएको छ ।

५०० भन्दा कमको सामाग्री नपुर्‍याइने र बिहान ९ ः ३० देखि दिउँसो ३ बजेसम्म अर्डर गरिसक्नुपर्ने बताइएको छ । डिपार्टमेन्टको हटलाइन नम्बर ९८४२०७९४४३, ९८०३७५११९२ र ९८०१४५४३७९ मा अर्डर टिपाउनुपर्ने र सो सामान ३ः ३० बजेपछि मात्र घरमा पुग्ने जनाइएको छ ।
कति गते कुन् वडा
२०७६÷१२÷१५ गते इटहरी पालिका वडा नम्बर १,२,३,४,५
२०७६÷१२÷१६ गते इटहरी पालिका वडा नम्बर ६,७,८,९,१०
२०७६÷१२÷१७ गते इटहरी पालिका वडा नम्बर ११,१२,१३,१४,१५
२०७६÷१२÷१८ गते इटहरी पालिका वडा नम्बर १६,१७,१८,१९,२०