धरानः कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनको पाँचौ दिन देखि धरानका उपभोक्ताहरुलाई खाद्य अभाव नहोस् भन्दै धरान स्थित बराह ग्रुपको बराह डिपार्टमेन्ट स्टोरले होमडेलिभरी शुरु गरेको छ ।
धरान उपमहानगरपालिकाको सहकार्यमा बराहले आफ्ना ग्राहक सहित अन्य उपभोक्ताहरुलाई पनि खाद्यान्न घर सम्म पुर्याउने व्यवस्था शुरु गरेको हो । बराह ग्रुपका प्रदेश नम्बर १ संयोजक तथा बराह ज्वेलरी ईण्डष्ट्रिज प्रालि धरान शाखा प्रमुख मान बहादुर दियालीका अनुसार शनिबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्ममा करिब १५ घरमा होमडेलिभरी सेवा दिइसकेको छ । धरानका विभिन्न वडाहरुबाट फोन मार्फत आएको अर्डरलाई तुरुन्तै होमडेलिभरी सेवा प्रदान गरिएको उनले बताए । उनले भने, ‘हाम्रा आफ्नै करिब १८ हजार ग्राहक छन्, उनीहरु लाई सँगै अन्य ग्राहकहरुलाई पनि हामी सेवा दिन्छौं ।’ सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी कार्यान्यवन गराउन होमडेलिभरी सँचालन गरिएको उनले बताए । बराहले नजिकैको क्षेत्रमा होमडेलिभरीका लागि २ वटा स्कुटीको पास लिएको छ भने टाढा पुर्याउने पर्ने अवश्थामा भेनको व्यवस्था गरिएको उनले बताए ।
क्यासको कारोबार गर्दा कसैलाई समस्या हुने भएकाले घर घरमै एटिएम सिस्टम पनि सँचालन गरिएको उनले बताए । उनले भने, ‘सबै सँगै क्यास नहुन सक्छ, त्यसैले एटिएम सिस्टम पनि लागु गरिएको छ ।’ बराहले नगरपालिकाले तोकेको मापदण्ड अनुसार खाद्यान्न वितरण गरिरहेको जनाएको छ । घर भित्रै बसेर सुरक्षा अपनाउनु पर्ने भएकाले यस्तो अवश्थामा स्थानीयलाई खाद्यान्न अभाव नहोस् भनेर बराहले शनिबार बिहानै देखि होमडेलिभरीको सेवा दिइन थालेको उनको भनाई छ । आउँदो दिनहरुमा अवश्था अनुसार अन्य सेवा पनि घर घरमै पुर्याउने तयारी गरिएको उनको भनाई छ ।
बराहको सेवा लिनका लागि
बराहको सम्पर्क नम्बरः ९८५२०४७७७० ÷ ९८०२७५७८५८ ÷ ९८५२०४५७६६ र ९८४२०४०६७३०