रामधुनी : सुनसरीको रामधुनी नगरपालिकामा क्वारेन्टाइन निर्माणको काम भइरहेको छ । एकसय बेड बनाउँने तयारी रहेपनि आइतबार सम्म ७२ बेडको क्वारेन्टाइन निर्माणको काम सम्पन्न भईसकेको छ ।
कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर महामारीको रुप लिइरहेका बेला संभावित संक्रणलाई ध्यान दिँदै झुम्कास्थित ‘क्षेत्रिय कृषि तालिम केन्द्र’को भवनमा क्वारेन्टाइन निर्माणको भइरहेको हो ।
बनेका ७२ बेडको केहि प्राबिधिक काम र बाँकी बेड निर्माणको कामलाई निरन्तरता दिइने र चाँडै त्यसलाई अन्तिम रुप दिइने कोरोना भाइरस कोकथाम तथा नियन्त्रण ब्यवस्थापन समितिका संयोजक डेगराज फुयालले जानकारी दिए ।
बिभिन्न संघसंस्था, राजनीतिक दल, झुम्का उद्योग वाणिज्य संघ, कर्मचारी लगाएतको सक्रियतामा कोरोनाविरुद्ध लड्नका लागि क्वारेन्टाइन निर्माणको कामले गति पाएको संयोजक फुयाल बताउँछन् ।
शुक्रबारमात्रै कारोना रोकथाम तथा नियन्त्रण ब्यबस्थापन समितिको बैठकले नगरभित्र एकसय बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो ।

ramdhuni at pradeshportal