विराटनगरःनेपाली कांग्रेस प्रदेश १ का प्रमुख ससचेतक केदार कार्कीले मित्र राष्ट्र चीनबाट आयात गरिएको स्वास्थ्यसंग सम्बन्धित सामान र उपकरण सर्वप्रथम प्रदेश १ सरकारले सबै पहाडी जिल्लाभर पठाउने प्रबन्ध गर्नुपर्ने माग गरेका छन् ।
यसका लागि होलिकोप्टर नै उत्तम विकल्प हुन सक्ने भन्दै कार्कीले संकटको यो बेला स्थलमार्ग भन्दा पनि हवाई मार्गको प्रयोग सहज र छरितो हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छ्न । कार्कीले आज एक विज्ञप्ति प्रकासित गरी प्रदेश १ का तराईका जिल्लामा चारचक्के सवारी साधनबाट ढुवानी संभव र सहज हुनसक्ने सुझाएका हुन ।
उनले सर्वप्रथम मानिसहरुमा कारोना भए नभएको परीक्षणमा जोड दिन र यो कार्यमा कांग्रेसको सकारात्मक सहयोग रहने जनाएका छन् । ‘‘सबै जिल्लामा कम्तिमा एक एम्बुलेन्स कोभिड १९ का शंकास्पद बिरामीलाई अस्पतालसम्म पु¥याउनको लागि तयार गरौं । प्रदेश केन्द्रमा दसवटा एम्बुलेन्स तयारी अवस्थामा राखौं’’, विज्ञप्तिमा भनिएको ,‘‘जति धेरै परीक्षण गर्छौ उति नै धेरै जनतालाई बचाउन सकिन्छ ।
सबैभन्दा पहिले अग्रभागमा खटिने स्वस्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिपिई उपलब्ध हुनुपर्छ नत्र उनीहरुमा ‘सुरक्षित छैनौं’ भन्ने भावले कार्यक्षेत्रमा खटिन मनोवैज्ञानिक त्रास उत्पन्न हुन्छ ।’’
बिहान काम गरेर बेलुकी छाक टार्ने परिवारलाई छिटोभन्दा छिटो स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा सम्बोधन गर्न विदेशमा रही नेपाल फर्कनु भएका महानुभावलाई आफैं सेल्फ क्वारेन्टाइनमा बस्न अथवा स्थानीय सरकारले निर्माण गरेको वा तोकिएको स्थानमा क्वारेन्टाइनमा बस्नु हुन पनि विज्ञप्तिमार्फत अपिल गरिएको छ ।