यी हुन् सरकारले घोषणा गरेको आर्थिक राहतका पाँच मुख्य बुँदा

  • चैत्र १७, २०७६
  • २०७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विश्वभरि कोरोनाभाइरस सङ्क्रमणको त्रासदीपूर्ण अवस्थाका कारण कडा बन्देजका माझ अर्थतन्त्र ठप्पजस्तै बनेको छ । हरेक देशका सरकारले एकपछि अर्को आर्थिक प्याकेजका घोषणा गरिरहेका छन्। अमेरिकाले त सबभन्दा धेरै २० खर्ब डलर बराबरको प्याकेज ल्याएको छ। भारत, तथा युरोपेली मुलुकहरूले पनि प्याकेज घोषणा गरिसकेका छन्। यसबीच आइतवार साँझ बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न शीर्षकमा थरीथरीका राहत र सहुलियतको घोषणा गरेको छ। त्यसअघि केन्द्रीय ब्याङ्क, नेपाल राष्ट्र ब्याङ्कले पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूको हकमा लागु हुने गरि १९ बुँदे निर्देशन जारी गरेको थियो।
ती घोषणा र निर्देशनमा रहेका मुख्य पाँच बुँदालाई बीबीसी नेपाली सेवाका लागि सञ्जय ढकालले तयार पारेको सामाग्री तल प्रस्तुत गरिएको छ।

१. ज्यालादारी मजदुरलाई सुविधा
कडा बन्देज सहितको ’लकडाउन’का कारण दिनदिनै कमाएर खाने वर्ग अत्यन्त अप्ठेरोमा परिरहेको विवरणका माझ मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सुविधा दिने विषयमा निर्णय गरेको छ। असङ्गठित क्षेत्र भनिने कुनै व्यवस्थित कार्यालय वा कारखानासँग असम्बन्धित दैनिक ज्यालादारी वा मजदुरी गर्ने वर्गका मानिसहरूको लगत राख्न सरकारले स्थानीय तहलाई भनेको छ। राहतका निम्ति त्यस्ता परिवारले स्थानीय तहमा परिचय खुलाउन पर्ने र स्थानीय तहले त्यस्ता परिवारको दैनिक खाद्य आवश्यकतालाई विचार गरेर ’लकडाउन’को अवधिभरि राहत उपलब्ध गराउनु पर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्।
यस्ता राहत उपलब्ध गराउन स्थानीय तह तथा प्रदेशले कोष खडा गर्नुपर्ने र त्यसमा रकम अपर्याप्त भए केन्द्र सरकारले दिने भनिएको छ। “गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, आमाबाबु गुमाएका टुहुरा बालबालिकाहरूका लागि सरकारले विशेष हेरचाहको व्यवस्था गर्ने पनि निर्णय भएको छ,“ मन्त्री खतिवडाले बताए। साथै, औपचारिक क्षेत्र भनिने निश्चित् कार्यालय वा कारखानामा काम गर्ने श्रमिकको हकमा रोजगारदाताले नै पारिश्रमिक दिने, पूर्ण रूपमा बन्द भएका प्रतिष्ठानहरूले पनि चैतको तलब पूर्ववत् दिनुपर्ने र त्यसका निम्ति आवश्यक परे प्रतिष्ठानहरूको कल्याणकारी कोषको रकम प्रयोग गर्न सकिने निर्णय सरकारले गरेको छ।
“सामाजिक सुरक्षा कोषमा आबद्ध भएका यस्ता प्रतिष्ठानका रोजगारदाता तथा श्रमिकहरूको तर्फबाट चैत्र महिनामा गरिनुपर्ने योगदानको रकम सरकारले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने ।
२.दालचामलमा छूट, आपूर्ति व्यवस्थाको चुस्तता

खाद्य व्यवस्था तथा व्यापार कम्पनी अनि साल्ट ट्रेडिङ् कर्पोरेसनले दालचामल, पीठो, नुन, चिनी, खाने तेल लगायतका खाद्य सामग्रीहरूमा हाल कायम रहेको मूल्यमा दश प्रतिशत छूट दिई विक्रीवितरण गरिने निर्णय गरिएको छ। ’लकडाउन’को अवधिमा अन्तर्रा्ष्ट्रिय सीमानाकामा आवतजावतमा पूर्णतया बन्देज लागेको भएपनि सरसामानको ढुवानीको हकमा त्यो लागु नहुने निर्णय गरिएको छ।

३. कर्जा ब्याजमा सहुलियत
नेपाल राष्ट्र ब्याङ्कले आइतवार १९ बुँदे निर्देशन जारी गरि ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई विभिन्न सहुलियतका साथै ऋणीहरूलाई पनि सहुलियतको घोषणा गरेको छ।ब्याङ्कहरूलाई प्रदान गरिएको अनिवार्य नगद मौज्दातको सीमा घटाइएको तथा ब्याङ्कदर अनि पुनर्कर्जा कोषमा हेरफेर गरिएको छ। “यसबाट ब्याङ्कहरूलाई सापटी दिन सघाउ पुग्नेछ। यसको फाइदा सबैलाई हुने हाम्रो अपेक्षा छ,“ राष्ट्र ब्याङ्कका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटीले बीबीसी न्यूज नेपालीलाई बताए। साथै, चैत महिनामा असुल गर्नुपर्ने मासिकरत्रैमासिक किस्ताहरूको (क्रेडिट कार्ड समेत) भुक्तानी २०७७ सालको असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउन राष्ट्र ब्याङ्कले सबै ब्याङ्क तथा वित्तीय संस्थालाई भनेको छ।
ती किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन नपाइने भनिएको छ। कुनै ऋणीले त्यस्तो किस्ता चैत मसान्तभित्रै बुझाउन आएमा चैत महिनामा भुक्तानी गर्नुपर्ने ब्याज रकममा १० प्रतिशत छूट दिन पनि भनिएको छ। राष्ट्रब्याङ्कले विद्युतीय कारोबारलाई प्रोत्साहित गर्न पनि विभिन्न निर्देशन दिएको छ।

४. महसुल छूट, समय सहुलियत
सरकारले विभिन्न सेवासुविधामा महसुल छूट तथा तिर्ने समयमा सहुलियतको पनि घोषणा गरेको छ। दूरसञ्चार कम्पनीले लकडाउनको अवधिमा इन्टरनेट र डेटा प्याकेजमा २५ प्रतिशत छूट दिने र निजी कम्पनीले पनि यस्तो छूट दिने व्यवस्था मिलाउन भनिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।र्णय भएको छ,“ उनले भने।
विद्युत प्राधिकरणले मासिक १५० युनिटसम्म बिजुली उपभोग गर्ने गार्हस्थ उपभोक्ताको महसुलमा २५ प्रतिशत छूट दिने भनिएको छ। बिजुली, खानेपानी तथा टेलिफोनका फागुनरचैतका महसुल आगामी वैशाख मसान्तसम्म बुझाएमा कुनै जरिबाना नलाग्ने भनिएको छ।
विभिन्न कर बुझाउने म्यादका अतिरिक्त सवारीचालक अनुमतिपत्र नवीकरण तथा सवारीसाधन नवीकरण कर बुझाउने अवधि पनि वैशाखसम्म लम्ब्याइएको छ।

५. स्कुलको शुल्क, घरभाडामा सहुलियत

निजी विद्यालयहरूले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क छूट दिने व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ।
सहरी क्षेत्रमा रहेका असङ्गठित क्षेत्रका श्रमिकहरूले भुक्तानी गर्नुपर्ने एक महिनाको घरभाडा सम्बन्धित घरधनीले मिनाहा गर्न अनुरोध गर्ने र यसरी मिनाहा गरिएको घरभाडामा घरबहाल कर नलिने व्यवस्था मिलाउने निर्णय भएको छ।
विदेशमा रहेका नेपाली विद्यार्थीहरूलाई खर्चको अभाव नहोस् भनेर शिक्षा मन्त्रालयको ’नो अब्जेक्सन लेटर’ नभएपनि जीवन निर्वाहका निम्ति न्यूनतम रकम उपलब्ध गराइने निर्णय पनि गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सुनसरीमा ५, मोरङमा २ ...

इटहरी :सुनसरीमा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा भोक्राहा नरसिहं गाउँपालिकाका ...

एकै दिन ३२३ कोरोना स ...

इटहरी पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । यससँगै कुल ...

एम्बुलेन्स नहुँदा भो ...

भोजपुरः कोरोना संक्रमित पुष्टि भएको २४ घण्टा बिति सक्दा एम्बुलेन्स नपाएपछि भोजपुरका ५ संक्रमितलाई अस ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved